News Portal

रास्वपाबाट थापाको उम्मेदवारी, पत्रकार सम्मेलन आज दिउँसो

२९१ पटक

काठमाडौं, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ निर्वाचन क्षेत्रका लागि डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरेको छ। पार्टीले आइतबार मात्रै औपचारिक रूपमा उनको नाम घोषणा गरेको थियो।

घोषणापछि, थापाले भदौ १६ गते दिउँसो २ बजे राजधानीको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।

रास्वपाले उम्मेदवार छनोटका लागि प्राइमरी निर्वाचन, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र समावेशीकरण जस्ता विधि अपनाएको थियो। सो प्रक्रियामा नौ प्रतिस्पर्धीमध्ये थापाले ८ जनालाई पछि पार्दै उम्मेदवारी जितेका हुन्।

उनको पारिवारिक पृष्ठभूमि सार्वजनिक भएपछि केही विवाद उठे पनि, पार्टी नेतृत्वले उनलाई विश्वास गर्दै उम्मेदवारका रूपमा अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...