News Portal

  • रास्वपाका ९ आकांक्षी उम्मेदवारले रवि लामिछानेलाई भेटे

    १६५ पटक

    काठमाडौं, भदौ १५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रूपन्देही–३ का नौ जना उम्मेदवार आकांक्षी आइतबार बिहान नख्खु कारागार पुगेका छन्। उनीहरूले पार्टी सभापति रवि लामिछानेलाई भेटेर आफ्नो उम्मेदवारीको प्रक्रियाबारे छलफल गरेका हुन्।

    उम्मेदवारीका लागि प्रतिस्पर्धा गरिरहेका व्यक्तिहरूमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन्।

    रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनु भयो कि प्राइमरी इलेक्सनमार्फत उम्मेदवार चयन भइसकेको छ र त्यसको अनुमोदनका लागि दिउँसो १ बजे सचिवालय बैठक बस्नेछ। अनुमोदनपछि अपराह्न साढे ४ बजे पत्रकार सम्मेलनमार्फत उम्मेदवार घोषणा गरिनेछ।

    प्राइमरी इलेक्सनमा पार्टीका स्थानीय, जिल्ला, प्रदेश र केन्द्रीय समितिका सदस्यहरूले मतदान गरेका थिए। उम्मेदवार चयन प्रक्रियामा लिडरसिप एकेडेमीको अभ्यास, पोलिटिकल प्रोक्सिमिटी र समावेशितालाई ५० प्रतिशत मत भार दिइएको थियो भने प्राइमरी इलेक्सनको मत भार ५० प्रतिशत राखिएको थियो।

    रास्वपाले आज पार्टी प्रवेशसमेत गराउने तयारी गरेको छ। यस क्रममा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्यसहित मधेसका केही नेताहरू पार्टी प्रवेश गर्ने छन्।

    रूपन्देही–३ मा आगामी असोज २१ गते उम्मेदवारी दर्ता हुनेछ भने कात्तिक १७ गते उपनिर्वाचन हुनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...

    मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ८२ लाख नाघे, डिजिटल भुक्तानीमा तीव्र वृद्धि

    काठमाडौं, कार्तिक ७ – पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ।...