
काठमाडौँ, भदौ २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टीबाट अलग हुने निर्णय गरेकी छन्। आइतबार बिहानै उनले केन्द्रीय सदस्यहरूको ह्वाट्सएप समूहमार्फत तीन विषयमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरेकी हुन्।
उनको भनाइअनुसार आफूमाथि मिडियामार्फत चलाइएको आलोचना, पार्टीभित्र आफ्ना कुरा नसुने प्रवृत्ति र काम गर्न अप्ठ्यारो वातावरण प्रमुख कारण बनेका छन्।
रास्वपाका प्रवक्ता मनिष झाले भने, “श्रेष्ठले समूहमै पार्टी छाडेको घोषणा गरेकी छन् तर औपचारिक राजीनामापत्र भने अहिलेसम्म प्राप्त भएको छैन।”
श्रेष्ठको निर्णयपछि पार्टीभित्र फेरि एकपटक आन्तरिक असन्तुष्टिको चर्चा चुलिएको छ।