News Portal

मिडिया ट्रायल र असन्तुष्टि कारण सुमना श्रेष्ठको राजीनामा

२८९ पटक

काठमाडौँ, भदौ २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टीबाट अलग हुने निर्णय गरेकी छन्। आइतबार बिहानै उनले केन्द्रीय सदस्यहरूको ह्वाट्सएप समूहमार्फत तीन विषयमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरेकी हुन्।

उनको भनाइअनुसार आफूमाथि मिडियामार्फत चलाइएको आलोचना, पार्टीभित्र आफ्ना कुरा नसुने प्रवृत्ति र काम गर्न अप्ठ्यारो वातावरण प्रमुख कारण बनेका छन्।

रास्वपाका प्रवक्ता मनिष झाले भने, “श्रेष्ठले समूहमै पार्टी छाडेको घोषणा गरेकी छन् तर औपचारिक राजीनामापत्र भने अहिलेसम्म प्राप्त भएको छैन।”

श्रेष्ठको निर्णयपछि पार्टीभित्र फेरि एकपटक आन्तरिक असन्तुष्टिको चर्चा चुलिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...