News Portal

गृहपृष्ठ अपराध, समाचार

चन्द्रपुरबाट लागूऔषधसहित एक जना पक्राउ

माघ २१, रौतहट – रौतहटको चन्द्रपुर नगरपालिकाबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। चन्द्रपुर नगरपालिका-४, चिडियादह क्षेत्रबाट पक्राउ परेका व्यक्तिको परिचय ३१ वर्षीय सागर श्रेष्ठका रूपमा खुलेको छ। गोप्य सूचनाका आधारमा इलाका...बाँकी

प्युठानमा प्रेम सम्बन्धका कारण हत्या, ज्वाँइ-सासु पक्राउ

माघ २०, प्युठान – गौमुखी गाउँपालिका-५ मा एक हत्या प्रकरणमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५१ वर्षीय लोकबहादुर गिरी र ५० वर्षीया जेदु न्यौपाने रहेका छन्, जो नाताले ज्वाँइ सासु हुन्। माघ...बाँकी

३ लाख घुस प्रकरण: शाखा अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा

माघ २०, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतका प्रवक्ता गेहेन्द्रराज रेग्मीका अनुसार, प्रसाईंविरुद्धको मुद्दा...बाँकी

प्युठानमा ६९ वर्षीय पुरुषको हत्या, दुई जना पक्राउ

माघ २०, काठमाडौं – प्युठानको गौमुखी गाउँपालिका–५ निवासी ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही स्थानका ५१ वर्षीय लोकबहादुर गिरी र...बाँकी

अछाममा किशोरी हत्या प्रकरण: छोरीलाई तड्पाएर मारिएको आरोप लगाउँदै दोषीलाई कडा सजायको माग

माघ १७, अछाम – ढकारी गाउँपालिका–१ को जंगलमा शनिबार साँझ फुपू-भदै नाता पर्ने दुई किशोरीको शव फेला परेको थियो। मृतकहरू ढकारी गाउँपालिका–८ की १५ वर्षीया ईश्वरा खड्का र १४ वर्षीया सरस्वती खड्का रहेको जिल्ला प्रहरी...बाँकी

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ४ जना पक्राउ

माघ १५, काठमाडौँ — वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाई ठगी गर्ने चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका–६ का २५ वर्षीय सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–५ का ३१...बाँकी

अछाममा दुई किशोरी मृत फेला: अनुसन्धानका लागि प्रहरी टोली खटियो

माघ १५, अछाम – ढकारी गाउँपालिका–१ छिन्ने जंगलमा दुई किशोरी मृत फेला परेपछि घटनाको गहिरो अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छुट्टै टोली खटाएको छ। ढकारी–८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा...बाँकी

रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न अदालतको आदेश

१४ माघ, काठमाडौं – जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई १ करोड रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ। जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले आइतबार सहकारी ठगी र संगठित अपराध मुद्दामा लामिछानेलाई...बाँकी

कृषि विज्ञ मदन राई बाल यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर

माघ १३, विराटनगर – कृषि विज्ञ मदन राईलाई बाल यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ। बिहीबार, माघ १० गते, न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई दोषी ठहर गरेको हो। राईविरुद्ध आफ्नै संस्था...बाँकी

धनगढीमा भाइको कैँची प्रहारबाट दाइको मृत्यु

माघ १३, कैलाली – धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गएराति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ। मृतक ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन्। प्रहरीका अनुसार...बाँकी