News Portal

  • प्युठानमा ६९ वर्षीय पुरुषको हत्या, दुई जना पक्राउ

    प्युठानको गौमुखी गाउँपालिका–५ निवासी ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ।

    संगीता गुरुङ
    २०७ पटक

    माघ २०, काठमाडौं – प्युठानको गौमुखी गाउँपालिका–५ निवासी ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा सोही स्थानका ५१ वर्षीय लोकबहादुर गिरी र ५० वर्षीया जेदु कुमारी न्यौपाने रहेका छन्। जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दीपेश बस्याल नेतृत्वको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    १८ माघको बिहान करिब साढे ८ बजे गौमुखी गाउँपालिका–५, उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची सडकमा उपाध्यायको शव फेला परेको थियो। मृतकको टाउको, अनुहार, नाक र मुखमा गहिरो चोट देखिएपछि प्रहरीले घटनालाई हत्या भएको आशंका गर्दै अनुसन्धान अघि बढाएको थियो।

    अनुसन्धानका क्रममा गाउँकै लोकबहादुर गिरी र जेदु कुमारी न्यौपानेले मिलेर हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। स्रोतका अनुसार जेदु कुमारीले फोनमार्फत उपाध्यायलाई बोलाएपछि उनीहरू दुबैले मिलेर ढुंगा र बन्दुकको बट प्रहार गरी हत्या गरेका थिए।

    हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...

    तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

    काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको...

    राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्तामा बढ्दो रुचि, तीन लाखभन्दा धेरैले बायोमेट्रिक दर्ता

    काठमाडौं, मंसिर १ – राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली दर्ता गर्ने संख्या तीव्र रूपमा...