News Portal

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ४ जना पक्राउ

वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाई ठगी गर्ने चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
३०३ पटक

माघ १५, काठमाडौँ — वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाई ठगी गर्ने चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका–६ का २५ वर्षीय सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–५ का ३१ वर्षीय विकास दवाडी, गोरखा शहिदलखन गाउँपालिका–७ का ३७ वर्षीय सुरेन्द्र विक र काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ की २४ वर्षीया विशाखा पौडेल रहेका छन्।

सुनिलले सर्विया पठाइदिन्छु भन्दै एक पीडितबाट २२ लाख ३८ हजार रुपैयाँ लिएको, विकासले जापान पठाइदिन्छु भन्दै दुई जना पीडितबाट ३ लाख रुपैयाँ ठगेको, सुरेन्द्रले अमेरिका पठाइदिन्छु भन्दै एक व्यक्तिबाट ९७ लाख ५४ हजार रुपैयाँ ठगी गरेको, र विशाखाले कुबेत पठाइदिन्छु भन्दै एक पीडितबाट १ लाख ६० हजार रुपैयाँ लिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार, सुनिल, विकास र विशाखालाई वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँमा अनुसन्धानका लागि पठाइएको छ भने सुरेन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखी अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...