News Portal

धनगढीमा भाइको कैँची प्रहारबाट दाइको मृत्यु

धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गएराति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ।

संगीता गुरुङ
२५५ पटक

माघ १३, कैलाली – धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गएराति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ। मृतक ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन्।

प्रहरीका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच सामान्य घरायसी विवाद भएको थियो। विवादकै क्रममा प्रकाशले कैँची प्रहार गर्दा लालबहादुर गम्भीर घाइते भएका थिए। घाइतेलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्‍याइएको थियो, तर उपचारका क्रममा बिहान २:५० बजे लालबहादुरको मृत्यु भएको हो।

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ। हत्याको आरोपमा भाइ प्रकाशलाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...