News Portal

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

९९ पटक

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन गरेका छन्।

हिमाली सञ्चार अनलाइनमा मिति २०८२ माघ ८ गते प्रकाशित “झापामा सराव र नेपाल प्रहरीकै मिलेमतोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक” तथा माघ १८ गते प्रकाशित “गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन” शीर्षकका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै कटुवालले उक्त सामग्री भ्रामक र तथ्यहीन रहेको बताएका छन्।

कटुवालले जारी गरेको खण्डनमा आफ्नो नामलाई तस्करी, यौनधन्दा, गिटी–बालुवा व्यवसाय तथा घुमुवा प्रहरीको असुली गतिविधिसँग जोडेर प्रस्तुत गरिएकोप्रति गम्भीर आपत्ति व्यक्त गरेका छन्। उनले आफू फैसला कार्यान्वयन निर्देशनालयद्वारा गठित पूर्णकालीन दस्ताअन्तर्गत झापा जिल्ला अदालतमा कार्यरत रहेको स्पष्ट पारेका छन्।

उनका अनुसार आफ्नो आधिकारिक जिम्मेवारी अदालतबाट फैसला भई कैद वा जरिवाना ठहर भएका फरार प्रतिवादीहरूको खोजतलास गरी नियन्त्रणमा लिई अदालतमा पेश गर्नु मात्र हो। समाचारमा उल्लेख गरिएका सीमा नाका, तस्करी, घुमुवा प्रहरी परिचालन, असुली तथा सेटिङजस्ता गतिविधिसँग आफ्नो कुनै सम्बन्ध नरहेको उनले दाबी गरेका छन्।

कटुवालले उक्त समाचारले आफ्नो चरित्रमा आँच पुर्‍याएको उल्लेख गर्दै तत्काल आफ्नो नाम हटाई सच्याइएको खण्डन प्रकाशन गर्न, भ्रामक सामग्री हटाउन तथा भविष्यमा यस्ता आधारहीन समाचार प्रकाशित नगर्न आग्रह गरेका छन्।

साथै, उनले यथाशीघ्र सुधार नगरिएमा कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएका छन्। साथै, यस्ता तथ्यहीन समाचार प्रकाशनमा संलग्न व्यक्तिहरूको पहिचान गरी सार्वजनिक गर्न पनि माग गरेका छन्।

खण्डन पत्र

 

 

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...