News Portal

प्युठानमा प्रेम सम्बन्धका कारण हत्या, ज्वाँइ-सासु पक्राउ

गौमुखी गाउँपालिका-५ मा एक हत्या प्रकरणमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२९१ पटक

माघ २०, प्युठान – गौमुखी गाउँपालिका-५ मा एक हत्या प्रकरणमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५१ वर्षीय लोकबहादुर गिरी र ५० वर्षीया जेदु न्यौपाने रहेका छन्, जो नाताले ज्वाँइ सासु हुन्।

माघ १८ गते बिहान ९ बजे खुङ्ग-नारिकोट जोड्ने कच्ची सडकमा ६८ वर्षीय चिन्तामणि उपाध्यायको शव फेला परेको थियो। टाउको, अनुहार, नाक र मुखमा गहिरो चोट देखिएको शवको अनुसन्धान गर्दा हत्या माघ १७ गते राति नै भएको खुलेको छ।

प्रहरीका अनुसार घटनाको मूल कारण त्रिकोणात्मक अवैध प्रेम सम्बन्ध हो। जेदुका श्रीमान् भारतमा रहेकाले उनी चिन्तामणिसँग नजिकिएकी थिइन्। तर, पछि जेदुको सम्बन्ध आफ्नै ज्वाँइ लोकबहादुरसँग समेत गाँसिएको थियो। चिन्तामणिले एक वर्षअघि जेदु र लोकबहादुरलाई रंगेहात समातेर गाउँभरि बेइज्जत गरिदिएका थिए। त्यसपछि उनीहरूले बदला लिन योजना बनाएका थिए।

माघ १७ गते बेलुकी जेदुले चिन्तामणिलाई फुर्सेधारामा बोलाइन्। तर, त्यहाँ लोकबहादुर पनि उपस्थित थिए। विवाद बढ्‌दै जाँदा लोकबहादुरले भरुवा बन्दुकको कुन्दाले चिन्तामणिको मुखमा प्रहार गरे। ढलेपछि ढुंगाले अनुहार र टाउकोमा प्रहार गरी जेदुले पनि साथ दिइन्। हत्या निश्चित भएपछि चिन्तामणिको गोजीबाट जेदुले सात हजार रुपैयाँ निकालिन् भने लोकबहादुरले मोबाइल लिएर भागे।

घटनाको अनुसन्धान गर्दै जाँदा जेदुको चप्पलका डोब घटनास्थलमा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो। लोकबहादुर दिनभर जंगलमा लुकेर बसेको सूचना पाएपछि ट्र्याकिङ गरी शनिबार राति पक्राउ गरिएको प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।

हत्या स्वीकार गरिसकेका उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...