News Portal

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

४२ पटक

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ।

६९औँ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा बुधबार सम्पन्न उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, विराटनगरसँगको संयुक्त आयोजनामा गरिएको हो। खुला रक्तदान कार्यक्रममा २६ जना स्थानीय, बुद्धिजीवी, युवा, सेयर सदस्य तथा बचतकर्ताहरूले उत्साहजनक सहभागिता जनाउँदै रक्तदान गरेका थिए।

संस्थाले स्थापना कालदेखि नै सामाजिक तथा जनहितका कार्यक्रमहरू सञ्चालन गर्दै आएको र त्यही परम्परालाई निरन्तरता दिने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ।

सहकारीका अध्यक्ष इन्जिनियर कमलेश्वर ठाकुरका अनुसार पछिल्लो समय विभिन्न रोगका कारण बिरामीहरूको संख्या बढ्दै गएको छ भने रगतको अभाव पनि दिनप्रतिदिन चुलिँदै गएको छ। “बिरामीलाई आवश्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो,” उनले बताए।

कार्यक्रममा स्थानीय स्तरमा रक्तदानप्रति जागरूकता अभिवृद्धि गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...