News Portal

अछाममा किशोरी हत्या प्रकरण: छोरीलाई तड्पाएर मारिएको आरोप लगाउँदै दोषीलाई कडा सजायको माग

सरस्वतीकी आमा तारादेवी खड्काले छोरीलाई तड्पाएर मारिएको आरोप लगाउँदै दोषीलाई कडा सजायको माग गरेकी छिन्।

संगीता गुरुङ
२४८ पटक

माघ १७, अछाम – ढकारी गाउँपालिका–१ को जंगलमा शनिबार साँझ फुपू-भदै नाता पर्ने दुई किशोरीको शव फेला परेको थियो। मृतकहरू ढकारी गाउँपालिका–८ की १५ वर्षीया ईश्वरा खड्का र १४ वर्षीया सरस्वती खड्का रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

उनीहरू शुक्रबार बिहान ९ बजे बाख्रा चराउन जंगल गएका थिए। तर, शनिबार साँझ ७ बजे मृत अवस्थामा फेला परे। परिवारले उनीहरूको हत्या भएको दाबी गरेका छन्। सरस्वतीकी आमा तारादेवी खड्काले छोरीलाई तड्पाएर मारिएको आरोप लगाउँदै दोषीलाई कडा सजायको माग गरेकी छिन्।

घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। शंकास्पद केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ भने मृतकका आफन्तको जाहेरीका आधारमा २० वर्षमुनिका दुई किशोरविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

घटनाको गम्भीरता हेर्दै केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोली परिचालन गरिएको छ। मृतक किशोरीहरूको शव सोमबार पोष्टमार्टम गरिएको छ, जसको रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

स्थानीयले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...