News Portal

रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न अदालतको आदेश

जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई १ करोड रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ।

संगीता गुरुङ
२८९ पटक

१४ माघ, काठमाडौं – जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई १ करोड रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले आइतबार सहकारी ठगी र संगठित अपराध मुद्दामा लामिछानेलाई धरौटी माग्ने आदेश गरेको हो। आदेशमा सुप्रिम सहकारीबाट १० करोड ९९ लाख रूपैयाँ अपचलन भएको प्रमाण र गोर्खा मिडिया नेटवर्कमार्फत रवि लामिछानेले आर्थिक कारोबार गरेको विवरणलाई आधार मानेको छ।

संसदीय समितिको प्रतिवेदन, गोर्खा मिडियाका लेखा परीक्षण प्रतिवेदन र चेक हस्ताक्षरका प्रमाणले रविको संलग्नता पुष्टि हुने अदालतको ठहर छ। सहकारीका ८६ करोड १८ लाख रूपैयाँभन्दा बढी अपचलन भएको र लामिछानेसहितका आरोपितहरूमाथि ५५ करोड ५९ लाख बिगो मागदाबी गरिएको छ।

रवि लामिछानेको सम्पत्ति रोक्का राख्नसमेत अदालतले आदेश दिएको छ। थुनछेक बहसपछि अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम धरौटीमा तारेखमा राख्न आदेश दिएको हो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...