News Portal

कृषि विज्ञ मदन राई बाल यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर

कृषि विज्ञ मदन राईलाई बाल यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ।

संगीता गुरुङ
२६६ पटक

माघ १३, विराटनगर – कृषि विज्ञ मदन राईलाई बाल यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ। बिहीबार, माघ १० गते, न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई दोषी ठहर गरेको हो।

राईविरुद्ध आफ्नै संस्था ‘सुभद्रा मदन फाउन्डेसन’ मा अध्ययनरत बालिका र किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाइएको थियो। ७५ वर्षीय राईले किशोरीहरूमाथि संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, नग्न शरीर देखाउँदै अश्लील हर्कत गर्ने लगायतका अपराध गरेको आरोप थियो।

सरकारी वकिलको कार्यालय खोटाङले २०८० जेठ २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। उनलाई बालबालिका ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग), (ङ) बमोजिमका कसुर गरेको ठहर गर्दै दफा ६७, ७२, र ७५ को ३ (ख) अनुसार सजायको माग गरिएको थियो।

अदालतले दोषी ठहर गरेसँगै राईलाई ७५ हजार रुपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरिएको छ। सजायको टुंगो भने माघ २५ गते इजलासले निर्धारण गर्नेछ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...