News Portal

कृषि विज्ञ मदन राई बाल यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर

कृषि विज्ञ मदन राईलाई बाल यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ।

संगीता गुरुङ
३१९ पटक

माघ १३, विराटनगर – कृषि विज्ञ मदन राईलाई बाल यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ। बिहीबार, माघ १० गते, न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई दोषी ठहर गरेको हो।

राईविरुद्ध आफ्नै संस्था ‘सुभद्रा मदन फाउन्डेसन’ मा अध्ययनरत बालिका र किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाइएको थियो। ७५ वर्षीय राईले किशोरीहरूमाथि संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, नग्न शरीर देखाउँदै अश्लील हर्कत गर्ने लगायतका अपराध गरेको आरोप थियो।

सरकारी वकिलको कार्यालय खोटाङले २०८० जेठ २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। उनलाई बालबालिका ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग), (ङ) बमोजिमका कसुर गरेको ठहर गर्दै दफा ६७, ७२, र ७५ को ३ (ख) अनुसार सजायको माग गरिएको थियो।

अदालतले दोषी ठहर गरेसँगै राईलाई ७५ हजार रुपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरिएको छ। सजायको टुंगो भने माघ २५ गते इजलासले निर्धारण गर्नेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...