
माघ २०, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विशेष अदालतका प्रवक्ता गेहेन्द्रराज रेग्मीका अनुसार, प्रसाईंविरुद्धको मुद्दा दर्ता भई थुनछेक बहस सुरु भइसकेको छ। अख्तियारले उनलाई ३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ।
प्रसाईंलाई अख्तियारले गत १४ पुस, २०८१ मा ३ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो। हाल उक्त प्रकरण विशेष अदालतमा विचाराधीन छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
