News Portal

गृहपृष्ठ अपराध, राजनीति, समाचार, समाज

डिल्लीबजार कारागारमा सरुवा हुँदै रवि लामिछाने, मनाङे बसेकै ब्लकमा बस्ने तयारी

काठमाडौं, जेठ २० – सहकारी ठगीको आरोपमा रुपन्देहीको जिल्ला कारागारमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने अब राजधानी काठमाडौंस्थित डिल्लीबजार कारागारमा सरुवा हुँदै छन्। लामिछानेको मागअनुसार कारागार प्रशासनले कानुनी प्रक्रिया अघि बढाएको हो।...बाँकी

४ अर्ब ९० करोड अपचलन प्रकरण : कर्णाली विकास बैंकका पूर्व अध्यक्ष राजेन्द्रवीर राय सीमाबाट पक्राउ

बाँके, जेठ १८ – कर्णाली क्षेत्रको बैंकिङ इतिहासमै सबैभन्दा ठूलो आर्थिक घोटालामा मुछिएका कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर राय अन्ततः प्रहरी फन्दामा परेका छन्। फरार रहेका रायलाई नेपाल...बाँकी

वैदेशिक रोजगारीको नाममा युवालाई झुक्याउने युवक पक्राउ

काठमाडौं, जेठ १६ – वैदेशिक रोजगारीका सपनामा रमाइरहेका युवायुवतीलाई कुवेत पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति सप्तरी जिल्ला तिलाठी कोइलाडी गाउँपालिका–५ का २७ वर्षीय अशोक कुमार...बाँकी

लागुऔषधसहित एक युवक पक्राउ, प्रहरीको निगरानीमा झन् कडाइ

धरान, जेठ १६ – पूर्वी नेपालको सुनसरी जिल्लामा लागुऔषध ओसारपसारमा संलग्न एक युवकलाई प्रहरीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको छ। धरान आसपासको क्षेत्रलाई लक्षित गर्दै गरिएको अपरेसनमा कोशी गाउँपालिका क्षेत्रबाट रामधुनी नगरपालिका–४ निवासी २१ वर्षीय...बाँकी

पूर्वपत्नीसहित दुई सन्तानको निर्मम हत्या : आममाफी पाएर छुटेका सुजन कोइराला फेरि प्रहरीको फन्दामा

बुटवल, जेठ १४ – रुपन्देहीको बुटवलमा एक नराम्रो र हृदयविदारक घटना सार्वजनिक भएको छ, जसले देशको कानुनी प्रणाली, पुनः अपराधको जोखिम र आममाफी नीतिको प्रभावमाथि गम्भीर प्रश्न खडा गरेको छ। आममाफी पाएर जेलमुक्त भएका सुजन...बाँकी

अनिल परियार हत्या प्रकरणमा चार जनालाई जन्मकैद, एकलाई चार वर्ष कैद

चितवन, जेठ १३ – चितवनको बहुचर्चित अनिल परियार हत्या प्रकरणमा जिल्ला अदालतले चार अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ। करिब तीन वर्ष लामो कानुनी प्रक्रिया पछि न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासबाट उक्त फैसला सुनाइएको हो। २०७९ साल...बाँकी

तीनकुने प्रदर्शन प्रकरण : ६५ जनामाथि मुद्दा दायर, दुर्गा प्रसाईं, रवीन्द्र मिश्रलगायत ११ जना अझै फरार

काठमाडौं, जेठ ११ – चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शनले राजनीतिक तथा सामाजिक वृत्तमा ठूलै तरंग ल्याएको थियो। सोही घटनासँग सम्बन्धित रहँदै अब काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले ६५ जनालाई प्रतिवादी बनाउँदै जिल्ला...बाँकी

बागमती नगरपालिकाका मेयर र उपमेयरमाथि बहुप्रस्तर भ्रष्टाचार मुद्दा, विशेष अदालतमा आज सुनुवाइ

काठमाडौं, जेठ ११ – सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा र उपमेयर लिलाकुमारी मोक्तानमाथि विभिन्न आर्थिक अनियमितता र भ्रष्टाचारका आरोपमा चलिरहेको दुई ठूला मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ। विगत केही वर्षयता बागमती नगरपालिकाको प्रशासनिक...बाँकी

लागुऔषधसहित पोखराका युवक स्याङ्जाबाट पक्राउ

स्याङ्जा, जेठ ९ – स्याङ्जाबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। प्रहरीको विशेष निगरानीमा परेको बा २ ख १५९२ नम्बरको यात्रुवाहक हाइस गाडीबाट लागुऔषधसहित पोखरा महानगरपालिका–२७, लेखनाथ निवासी २६ वर्षीय अजित परियारलाई पक्राउ गरिएको हो।...बाँकी

सहकारीको ऋण तिर्न नसकी फरार भएका कृष्णकुमार अर्याल पक्राउ

काठमाडौं, जेठ ८ – विगत केही समयदेखि सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसकी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर सानेपाका कृष्णकुमार अर्याल रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष...बाँकी