News Portal

अनिल परियार हत्या प्रकरणमा चार जनालाई जन्मकैद, एकलाई चार वर्ष कैद

हिमालीसंचार संवाददाता
२१७ पटक

चितवन, जेठ १३ – चितवनको बहुचर्चित अनिल परियार हत्या प्रकरणमा जिल्ला अदालतले चार अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ। करिब तीन वर्ष लामो कानुनी प्रक्रिया पछि न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासबाट उक्त फैसला सुनाइएको हो।

२०७९ साल वैशाख २५ गते साँझ भरतपुर–७ कृष्णपुर नजिकको खेलमैदान क्षेत्रमा अनिल परियारको हत्या भएको थियो। परियार ‘कान’ उपनामले चिनिने भरतपुर–१२ का स्थायी बासिन्दा थिए। सो घटनामा संलग्न ठहर गर्दै हेमन्त बास्तोला (विश्व), अशोक भण्डारी (अजय), सुनिल राउत (राहुल – मृतकका भाइ) र तिलक गैरेलाई जन्मकैद अर्थात् २५ वर्ष कैद सजाय सुनाइएको हो। साथै, ती चारै जनालाई मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने आदेश पनि गरिएको छ।

यसै घटनामा संलग्न भनिएका रोहित सिलवाल (विक्रम) लाई अदालतले मतियारको रूपमा चार वर्ष कैद सजाय सुनाएको छ। उनले पीडित परिवारलाई ४० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्नेछ। अर्का आरोपी सुशान्त उप्रेती भने प्रमाण अभावका कारण सफाइ पाएका छन्।

तीन वर्षअघि घटेको यस घटनालाई चितवन प्रहरीले कर्तव्य ज्यान मुद्दा मानेर अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको सिलसिलामा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) समेत चितवन पुगेको थियो। घटना भएको झण्डै एक महिनापछि बास्तोला, राउत र सिलवाल पक्राउ परेका थिए भने भण्डारी र उप्रेती एक वर्षपछि मात्र पक्राउ परेका थिए।

हत्या भएको दिन अनिल परियारलाई रिजालचोकमा साथीहरूसँग बसिरहेको अवस्थामा मोटरसाइकलमा राखेर कृष्णपुरतर्फ लगिएको थियो। त्यसपछि उनलाई एकातर्फ धारिलो बोट र अर्कातर्फ तिखो धार भएको चक्कु प्रयोग गरी छातीदेखि पेटसम्म करिब ३० पटकसम्म प्रहार गरिएको पोष्टमर्टम रिपोर्टमा खुलाइएको छ।

घटनास्थलमा दुईवटा गोलीका खोका फेला परे पनि, शव परीक्षणका क्रममा गोली लागेका कुनै पनि प्रमाण फेला नपरेको चिकित्सकहरूले जनाएका छन्।

लामो समयसम्म अनिर्णीत रहेको यो मुद्दामा अन्ततः अदालतको फैसलाले पीडित परिवारलाई केही न्यायको अनुभूति दिलाएको विश्वास गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...