News Portal

  • अनिल परियार हत्या प्रकरणमा चार जनालाई जन्मकैद, एकलाई चार वर्ष कैद

    हिमालीसंचार संवाददाता
    १२६ पटक

    चितवन, जेठ १३ – चितवनको बहुचर्चित अनिल परियार हत्या प्रकरणमा जिल्ला अदालतले चार अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ। करिब तीन वर्ष लामो कानुनी प्रक्रिया पछि न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासबाट उक्त फैसला सुनाइएको हो।

    २०७९ साल वैशाख २५ गते साँझ भरतपुर–७ कृष्णपुर नजिकको खेलमैदान क्षेत्रमा अनिल परियारको हत्या भएको थियो। परियार ‘कान’ उपनामले चिनिने भरतपुर–१२ का स्थायी बासिन्दा थिए। सो घटनामा संलग्न ठहर गर्दै हेमन्त बास्तोला (विश्व), अशोक भण्डारी (अजय), सुनिल राउत (राहुल – मृतकका भाइ) र तिलक गैरेलाई जन्मकैद अर्थात् २५ वर्ष कैद सजाय सुनाइएको हो। साथै, ती चारै जनालाई मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने आदेश पनि गरिएको छ।

    यसै घटनामा संलग्न भनिएका रोहित सिलवाल (विक्रम) लाई अदालतले मतियारको रूपमा चार वर्ष कैद सजाय सुनाएको छ। उनले पीडित परिवारलाई ४० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्नेछ। अर्का आरोपी सुशान्त उप्रेती भने प्रमाण अभावका कारण सफाइ पाएका छन्।

    तीन वर्षअघि घटेको यस घटनालाई चितवन प्रहरीले कर्तव्य ज्यान मुद्दा मानेर अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको सिलसिलामा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) समेत चितवन पुगेको थियो। घटना भएको झण्डै एक महिनापछि बास्तोला, राउत र सिलवाल पक्राउ परेका थिए भने भण्डारी र उप्रेती एक वर्षपछि मात्र पक्राउ परेका थिए।

    हत्या भएको दिन अनिल परियारलाई रिजालचोकमा साथीहरूसँग बसिरहेको अवस्थामा मोटरसाइकलमा राखेर कृष्णपुरतर्फ लगिएको थियो। त्यसपछि उनलाई एकातर्फ धारिलो बोट र अर्कातर्फ तिखो धार भएको चक्कु प्रयोग गरी छातीदेखि पेटसम्म करिब ३० पटकसम्म प्रहार गरिएको पोष्टमर्टम रिपोर्टमा खुलाइएको छ।

    घटनास्थलमा दुईवटा गोलीका खोका फेला परे पनि, शव परीक्षणका क्रममा गोली लागेका कुनै पनि प्रमाण फेला नपरेको चिकित्सकहरूले जनाएका छन्।

    लामो समयसम्म अनिर्णीत रहेको यो मुद्दामा अन्ततः अदालतको फैसलाले पीडित परिवारलाई केही न्यायको अनुभूति दिलाएको विश्वास गरिएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    डिजिटल प्लेटफर्ममा बढ्दो असुरक्षा समाधानमा सरकारको ध्यान आवश्यक : सभापति देउवा

    काठमाडौं, साउन २९ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममार्फत नागरिक असुरक्षित हुने घटनाहरू...

    ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं, साउन २९ – काठमाडौंको पर्यटन केन्द्र ठमेलमा प्रहरीले बुधबार राति विशेष अपरेसन सञ्चालन गर्दै ११५...

    प्रधानमन्त्री ओली चीनतर्फ प्रस्थान गर्ने तयारी, सी जिनपिङ र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुने

    काठमाडौं, साउन २९ – प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा प्रस्थान गर्न लाग्नुभएको...

    आज २०८२ साल साउन २९ गतेको राशिफल

    आज साउन २९, २०८२ (अगस्त १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    लोडसेडिङको हल्ला हावादारी, ऊर्जा आपूर्ति सहज : मन्त्री खड्का

    काठमाडौं, साउन २८ – मुलुकमा फेरि लोडसेडिङ सुरु भएको भन्ने चर्चा पछिल्ला दिनमा केही ठाउँमा...