News Portal

  • सहकारीको ऋण तिर्न नसकी फरार भएका कृष्णकुमार अर्याल पक्राउ

    हिमालीसंचार संवाददाता
    ११८ पटक

    काठमाडौं, जेठ ८ – विगत केही समयदेखि सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसकी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर सानेपाका कृष्णकुमार अर्याल रहेका छन्।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई बिहीबार बिहान सानेपाबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनले “दिगो पर्यटन सहकारी संस्था लिमिटेड” बाट ठूलो रकम ऋण लिएर लामो समयसम्म नफर्काएका थिए।

    उक्त प्रकरणमा अदालतले २०८० साल असार २७ गते अर्याललाई साढे ११ लाख रुपैयाँ बिगो तिर्नुपर्ने फैसला सुनाएको थियो। तर, उनले उक्त बिगो नतिरेपछि अदालतले उनलाई एक वर्ष कैद सजाय तोकेको थियो।

    पक्राउ परेका अर्यालमाथि अदालतको फैसला कार्यान्वयन गर्न लागिएको प्रहरीले जनाएको छ। सहकारीका रकम ठगी गरी फरार हुनेहरूमाथि प्रहरीले पछिल्लो समय निगरानी कडाइ गरेको जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    डिजिटल प्लेटफर्ममा बढ्दो असुरक्षा समाधानमा सरकारको ध्यान आवश्यक : सभापति देउवा

    काठमाडौं, साउन २९ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममार्फत नागरिक असुरक्षित हुने घटनाहरू...

    ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं, साउन २९ – काठमाडौंको पर्यटन केन्द्र ठमेलमा प्रहरीले बुधबार राति विशेष अपरेसन सञ्चालन गर्दै ११५...

    प्रधानमन्त्री ओली चीनतर्फ प्रस्थान गर्ने तयारी, सी जिनपिङ र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुने

    काठमाडौं, साउन २९ – प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा प्रस्थान गर्न लाग्नुभएको...

    आज २०८२ साल साउन २९ गतेको राशिफल

    आज साउन २९, २०८२ (अगस्त १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    लोडसेडिङको हल्ला हावादारी, ऊर्जा आपूर्ति सहज : मन्त्री खड्का

    काठमाडौं, साउन २८ – मुलुकमा फेरि लोडसेडिङ सुरु भएको भन्ने चर्चा पछिल्ला दिनमा केही ठाउँमा...