News Portal

सहकारीको ऋण तिर्न नसकी फरार भएका कृष्णकुमार अर्याल पक्राउ

हिमालीसंचार संवाददाता
१९० पटक

काठमाडौं, जेठ ८ – विगत केही समयदेखि सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसकी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर सानेपाका कृष्णकुमार अर्याल रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई बिहीबार बिहान सानेपाबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनले “दिगो पर्यटन सहकारी संस्था लिमिटेड” बाट ठूलो रकम ऋण लिएर लामो समयसम्म नफर्काएका थिए।

उक्त प्रकरणमा अदालतले २०८० साल असार २७ गते अर्याललाई साढे ११ लाख रुपैयाँ बिगो तिर्नुपर्ने फैसला सुनाएको थियो। तर, उनले उक्त बिगो नतिरेपछि अदालतले उनलाई एक वर्ष कैद सजाय तोकेको थियो।

पक्राउ परेका अर्यालमाथि अदालतको फैसला कार्यान्वयन गर्न लागिएको प्रहरीले जनाएको छ। सहकारीका रकम ठगी गरी फरार हुनेहरूमाथि प्रहरीले पछिल्लो समय निगरानी कडाइ गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...