News Portal

  • डिल्लीबजार कारागारमा सरुवा हुँदै रवि लामिछाने, मनाङे बसेकै ब्लकमा बस्ने तयारी

    हिमालीसंचार संवाददाता
    ३३५ पटक

    काठमाडौं, जेठ २० – सहकारी ठगीको आरोपमा रुपन्देहीको जिल्ला कारागारमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने अब राजधानी काठमाडौंस्थित डिल्लीबजार कारागारमा सरुवा हुँदै छन्। लामिछानेको मागअनुसार कारागार प्रशासनले कानुनी प्रक्रिया अघि बढाएको हो।

    सर्वोच्च अदालतबाट थुनाम्याद लम्बिएपछि लामिछानेले राजधानीमा सरुवा हुन चाहेको जनाइएको छ। यसअघि उनलाई रुपन्देहीमै ठीक लागेको बताएका थिए, तर पछिल्लो समय पार्टी नेताहरु तथा परिवारजनसँग भेटघाटमा समस्या भएपछि काठमाडौं सरुवाको चाहना व्यक्त गरेका हुन्।

    कारागार प्रशासनका अनुसार, कुनै पनि कैदीले आफू अनुकूल स्थानमा सरुवा माग गर्न सक्ने अधिकार हुन्छ, यद्यपि सुरक्षा जोखिम लगायत पक्ष हेरेर अन्तिम निर्णय लिइन्छ। लामिछानेले जिल्ला अदालत रुपन्देहीबाट अनुमति लिइसकेका छन् भने हाल कारागार व्यवस्थापन विभागमा अन्तिम स्वीकृतिका लागि फाइल पुगेको छ।

    डिल्लीबजार कारागारमा उनलाई पूर्वमन्त्री दिपक मनाङे रहेका ‘ख’ ब्लकमा राख्ने तयारी गरिएको छ। यस कारागारमा पूर्वमन्त्री खुमबहादुर खड्का, श्यामसुन्दर गुप्ता, बालकृष्ण ढुंगेल, गणेश लामा, पूर्वसांसद रेशम चौधरी लगायत पनि रहिसकेका छन्।

    जानकारहरूका अनुसार राजधानीको मध्यभागमा अवस्थित र थोरै कैदी संख्या रहेको डिल्लीबजार कारागार ‘भीआईपी’ कैदीहरूको रोजाइमा पर्ने गरेको छ। यहाँ भेटघाट सजिलो, टेलिफोन सुविधा सहज, क्यान्टिनको चिया, रुखको छायामा समय बिताउने फुर्सदिलो वातावरण र टेबलटेनिस जस्ता सुविधा उपलब्ध छन्।

    गृह मन्त्रालय स्रोतका अनुसार सर्वोच्च अदालतले पनि लामिछानेलाई सरुवाको इच्छा देखाए सो विषयमा सहजीकरण गर्न निर्देशन दिएको थियो। यसैअनुसार विभागीय निर्णयपछि उनलाई चाँडै डिल्लीबजार कारागारमा सारिने पक्का भएको छ।

    रवि लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा २२ चैत २०८१ मा उच्च अदालत, तुलसीपुरको आदेशअनुसार पुर्पक्ष थुनामा परेका थिए। यसअघि जिल्ला अदालतले १३ माघमा उनलाई एक करोड धरौटीमा छाड्ने आदेश दिएको थियो तर त्यो आदेश बदर भएसँगै उनलाई काठमाडौंस्थित निवासबाट पक्राउ गरिएको थियो।

    थुनामुक्त गराउन उनकी पत्नी निकिताले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दिएकी थिइन्, जुन खारेज गरिएको थियो। अब मुद्दाको अन्तिम निर्णय नभएसम्म उनी थुनामै रहने पक्का भएपछि काठमाडौंको ‘भीआईपी कारागार’ रोजेका हुन्।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ९ गतेको राशिफल

    आज कार्तिक ९, २०८२ (अक्टोबर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    कुवेतकाे माहबुलामा भिसा उल्लङ्घन गर्ने २६३ जना पक्राउ

    कुवेत –  उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहद युसुफ साउद अल-सबाहको प्रत्यक्ष निगरानीमा र सार्वजनिक सुरक्षा...

    आज २०८२ साल कार्तिक ८ गतेको राशिफल

    आज कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...