News Portal

लागुऔषधसहित पोखराका युवक स्याङ्जाबाट पक्राउ

हिमालीसंचार संवाददाता
१७६ पटक

स्याङ्जा, जेठ ९ – स्याङ्जाबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। प्रहरीको विशेष निगरानीमा परेको बा २ ख १५९२ नम्बरको यात्रुवाहक हाइस गाडीबाट लागुऔषधसहित पोखरा महानगरपालिका–२७, लेखनाथ निवासी २६ वर्षीय अजित परियारलाई पक्राउ गरिएको हो।

प्रहरी स्रोतका अनुसार, परियार बुटवलबाट पोखरातर्फ गइरहेका थिए। स्याङ्जाको सुरक्षा चेकजाँच क्रममा संका लागेपछि उनको साथ तलासी लिइएको थियो। तलासीका क्रममा डाईजेपाम ७ एम्पुल, फेनारेगन ७ एम्पुल र आईपिल ७ एम्पुल गरी जम्मा २१ एम्पुल लागुऔषध बरामद गरिएको स्याङ्जाका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रशन्नराज चौधरीले जानकारी दिए।

पक्राउ परेका परियारलाई बिहीबार नियन्त्रणमा लिइएको हो। उनीमाथि लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको छ। लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...