News Portal

  • लागुऔषधसहित एक युवक पक्राउ, प्रहरीको निगरानीमा झन् कडाइ

    हिमालीसंचार संवाददाता
    १२९ पटक

    धरान, जेठ १६ – पूर्वी नेपालको सुनसरी जिल्लामा लागुऔषध ओसारपसारमा संलग्न एक युवकलाई प्रहरीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको छ। धरान आसपासको क्षेत्रलाई लक्षित गर्दै गरिएको अपरेसनमा कोशी गाउँपालिका क्षेत्रबाट रामधुनी नगरपालिका–४ निवासी २१ वर्षीय आशिस चौधरी पक्राउ परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाका अनुसार, चौधरीको साथबाट ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध बरामद गरिएको छ। प्रहरी स्रोतका अनुसार स्पास्मो प्रोक्सिभनका ६ हजार ६ सय क्याप्सुल, ट्रमोलका ९० क्याप्सुल तथा नाइट्रेजम्प नामक औषधिका १६० ट्याब्लेटसहित उनलाई नियन्त्रणमा लिइएको हो।

    “लागुऔषध कारोबारविरुद्धको अभियान अन्तर्गत विशेष सूचनाका आधारमा गरिएको अपरेसन सफल भएको छ,” डिएसपी खतिवडाले हिमाली सञ्चारलाई जानकारी दिँदै भने, “हाल अनुसन्धानको दायरालाई अझ फराकिलो बनाउँदै छौं।”

    पक्राउ परेका चौधरीलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई हिरासतमा राखिएको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    सुनसरी र आसपासका क्षेत्रमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार बढ्दै गएको भन्दै सुरक्षा निकायहरूले कडाइ गर्न थालेका छन्। यसै सन्दर्भमा प्रहरीले व्यापक निगरानी र गस्तीलाई थप सशक्त बनाएको बताइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...