News Portal

गृहपृष्ठ # निर्वाचन

समयमै निर्वाचन गराउनु सरकारको मूल कर्तव्य : राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं, मंसिर २८ – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समयमै निष्पक्ष निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य जिम्मेवारी भएको बताएका छन्। संघीय संसद् सेवा दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटनपछि निर्वाचनको...बाँकी

खगेन्द्र सुनारको पार्टीले आफ्नै चिह्नबाट चुनाव लड्ने

काठमाडौँ, मंसिर १७ – खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नै चुनावी चिह्न “गोलो घेराभित्र राम्रो जनाउने लाइक” प्रयोग गर्दै चुनाव लड्ने भएको छ। पहिले पार्टीले उज्यालो नेपाल पार्टीसँग सहमति गरी...बाँकी

गुरुङको टिप्पणी: संविधान कमजोर पार्न विदेशी शक्ति सक्रिय

काठमाडौं, मंसिर १५ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विदेशी शक्तिहरूले नेपालमा आफ्ना अनुकूल दल र नेतालाई जिताउन चुनाव प्रक्रियामा हस्तक्षेप गरिरहेको दाबी गरेका छन्। प्रेस चौतारीको अन्तरक्रिया कार्यक्रममा गुरुङले भने, “७० वर्षको संघर्षले बनेको...बाँकी

सिंहदरबार सबैको, प्रवेश रोक्नु अवमूल्यन: रविकिरण हमाल

काठमाडौं, मंसिर ११ – राजावादी दलका नेता रविकिरण हमालले सिंहदरबार कुनै व्यक्तिको निजी सम्पत्ति नभई सबै जनाको साझा सम्पत्ति भएको बताएका छन्। उनले सरकारले जेन-जी समूहलाई वार्तामा बोलाए पनि गेटमै रोक्नु ठूलो अवमूल्यन भएको टिप्पणी...बाँकी

प्रतिनिधिसभा चुनावका लागि एमाले–राप्रपाको दल दर्ता सम्पन्न

काठमाडौं, मंसिर ९ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले र राप्रपाले आज निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराएका छन्। एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र राप्रपाका केदारबहादुर अधिकारी...बाँकी

प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र विश्वास गुमाइसकेको टिप्पणी गरेका छन्। जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान विपरीत बनेको सरकारले देशलाई सुरक्षित वातावरण दिन नसकिरहेको...बाँकी

जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्रीबीच बैठक निष्कर्षविहीन

काठमाडौं, कार्तिक ५ – जेनजी आन्दोलनमा घाइते भएका युवा र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठकले कुनै ठोस नतिजा निकाल्न सकेको छैन। बैठकपछि घाइते अगुवाहरू असन्तुष्ट बनेका छन्। सरकारी पक्षले निर्वाचनमा सहमति भएको प्रचार गरे पनि...बाँकी

तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

जनकपुरधाम, कात्तिक ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै आगामी निर्वाचन सम्पन्न हुनुपर्ने बताएका छन्। बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले निर्वाचनको तयारीमा गम्भीर ध्यान दिनुपर्ने बताए। उनका...बाँकी

ओलीको आरोप : सरकार मलाई थुन्न खोज्दैछ

काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई पक्राउ गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले गृहमन्त्री ओमप्रकाश अर्याल लगातार आफूलाई थुन्ने...बाँकी

सभामुखद्वारा संसद् विघटनबारे दल र कानुनविदसँग छलफल गर्ने तयारी

काठमाडौं, असोज २८ – संसद् विघटनको विषयले राजनीतिक तातोपन बढाउँदै गर्दा सभामुख देवराज घिमिरेले यसको वैधानिकता र प्रभावबारे छलफल गर्ने तयारी गरेका छन्। उनले भोलि बिहान ९ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा संसद्मा प्रतिनिधित्व गर्ने दलका...बाँकी