News Portal

समयमै निर्वाचन गराउनु सरकारको मूल कर्तव्य : राष्ट्रिय सभा अध्यक्ष दाहाल

२२८ पटक

काठमाडौं, मंसिर २८ – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समयमै निष्पक्ष निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य जिम्मेवारी भएको बताएका छन्।

संघीय संसद् सेवा दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटनपछि निर्वाचनको आवश्यकता र महत्व सबै सरोकारवालाले गम्भीर रूपमा बुझेको उल्लेख गरे। सुशासनको बहस चलिरहेका बेला चुनावलाई प्राथमिकतामा राख्नुपर्ने उनको जोड थियो।

उनले लोकतन्त्रको आधार नै निर्वाचन भएको भन्दै यसमा जनताको विश्वास र चासो जोडिएको बताए। आगामी २१ फागुनमा तय गरिएको प्रतिनिधिसभा निर्वाचन भयरहित, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउनु अन्तरिम सरकारको प्रमुख दायित्व भएको उनको भनाइ छ।

अध्यक्ष दाहालका अनुसार यस्तो निर्वाचन सफल बनाउन सरकारसँगै संघीय संसद्को भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। संसद्ले सरकारलाई आवश्यक सहयोग गरेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनले बताए।

कार्यक्रममा अध्यक्ष दाहालले जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार नियन्त्रणको मागप्रति पनि ध्यानाकर्षण गराउँदै यस विषयमा संसद्ले अझ सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको उल्लेख गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...