News Portal

  • सभामुखद्वारा संसद् विघटनबारे दल र कानुनविदसँग छलफल गर्ने तयारी

    १०८ पटक

    काठमाडौं, असोज २८ – संसद् विघटनको विषयले राजनीतिक तातोपन बढाउँदै गर्दा सभामुख देवराज घिमिरेले यसको वैधानिकता र प्रभावबारे छलफल गर्ने तयारी गरेका छन्।

    उनले भोलि बिहान ९ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई बोलाएका छन्। सभामुखको सचिवालयका अनुसार बैठकमा संसद् विघटनसम्बन्धी पछिल्ला राजनीतिक अवस्थामाथि रायसुझाव लिने उद्देश्य रहेको छ।

    यससँगै सभामुख घिमिरेले कानुन व्यवसायी र संवैधानिक विज्ञहरूसँग पनि निरन्तर परामर्श गरिरहेका छन्।

    संसद् विघटनलाई असंवैधानिक ठहर गरिएको सन्दर्भमा नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलहरू चुनावमा जाने तयारीमा रहेको बुझिएको छ। संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट समेत दर्ता भइसकेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...