News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार

    एनआरएनए उच्चस्तरीय समितिद्वारा केन्द्रीय कार्यालय पुगेर समयमै निर्वाचन गर्ने घोषणा

    काठमाडौँ। सर्वोच्च अदालतको परमादेशले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफ्नो काम कारबाहीलाई अगाडी बढाएका छन्। बद्री केसी पक्षले कब्जाको शैलीमा चलाइरहेको एनआरएनएको कार्यालयलाई आफू मातहतमा ल्याएर...बाँकी

    सुदुरपश्चिमेली समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम हुँदै

    कुबेत सिटी। सुदुरपश्चिमेली नेपाली समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ। “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मुल नाराका साथ, यहि फागुन १६ गते अर्थात फेब्रुअरी २८ तारिख शुक्रबार कुवेतको फर्वानियास्थित...बाँकी

    भारतको ओडिसास्थित KIIT विश्वविद्यालयमा नेपाली छात्राको शव भेटिएपछि आन्दोलन चर्कियो

    फाल्गुन ५, भारत – ओडिसा राज्यको भुवनेश्वरस्थित Kalinga Institute of Industrial Technology (KIIT) मा अध्ययनरत एक नेपाली छात्राको शव होस्टलको कोठामा फेला परेको घटनापछि विश्वविद्यालयमा आन्दोलन सुरु भएको छ। मृतक २० वर्षीया प्रकृति लाम्साल कम्प्युटर...बाँकी

    कञ्चनपुरस्थित मझगाउँ विमानस्थलको निर्माण तत्काल अघि बढ्ने सहमति

    काठमाडौँ, २ फागुन – कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको अवरुद्ध निर्माण कार्य तत्काल अघि बढ्ने सहमति भएको छ। गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृह मन्त्रालयमा सम्बद्ध निकायका मन्त्री, सचिव, र प्रधानसेनापति सहितको उच्चस्तरीय बैठकबाट मझगाउँ विमानस्थलको...बाँकी

    मोटरसाइकल दुर्घटनापछि त्रिशूलीमा बेपत्ता भएका चालकको खोजी जारी

    चितवन, २ फागुन – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना भएपछि त्रिशूली नदीमा बेपत्ता भएका चालकको खोजी कार्य जारी छ। दुर्घटनामा परेर नदीमा खसेका व्यक्तिको उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली...बाँकी

    बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा अनुसन्धान अघि बढ्यो

    फाल्गुन २, काठमाडौँ – बालमन्दिरको जग्गा भाडामा लगाउने क्रममा अनियमितता भएको आरोपसँगै राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान सुरु गरेको छ। नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा आर्थिक हिनामिना भएको आशङ्का गरिएको छ भने यसमा संलग्न भनिएकी...बाँकी

    फेस अफ स्मार्ट किड्स २०२४ को प्रतिस्पर्धा महाराजगंजकाे रोयल दरबाचर बैंक्वेटमा सम्पन्न

    काठमाण्डौं। युथ कृयसन नेपालद्धारा आयोजित बालबालिका केन्द्रित “फेस अफ स्मार्ट किड्स २०२४” को अन्तिम प्रतिस्पर्धा राजधानीको महाराजगंजस्थित रोयल दरबाचर बैंक्वेटमा सम्पन्न भएको छ। संघिय सभा सदस्य मिना तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा मेलतर्फको “ मिस्टर...बाँकी

    आज सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं – नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढेको छ। महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको...बाँकी

    रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने अदालतको आदेश

    २५ पुस, काठमाडौं। जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा रिहा...बाँकी

    पृथ्वी जयन्तीमा राप्रपाद्वारा एकता र्‍याली तथा चियापान कार्यक्रम

    १९ पुस, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडिको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता र्‍याली आयोजना गर्ने भएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार...बाँकी