News Portal

एनआरएनए निर्वाचन समितिद्वारा पहिलो मतदाता नामावली सार्वजनिक

हिमालीसंचार संवाददाता
२८० पटक

काठमाडौँ, वैशाख १६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि गठित निर्वाचन समितिले सोमबार पहिलो चरणको मतदाता नामावली प्रकाशित गरेको छ।

निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार हालसम्म महाधिवेशनमा सहभागिता जनाउन योग्य ठहरिएका ६२५ व्यक्तिको नामावली सार्वजनिक गरिएको हो। समितिले थप मतदाताहरूको छानबिन जारी रहेको र त्यसपछि बाँकी सूची पनि छिट्टै सार्वजनिक गरिने जनाएको छ।

सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले आगामी वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) काठमाडौँमा एकता महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशनमार्फत नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्) चयन गरिनेछ।

निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता आशिष उप्रेती, सेवा निवृत्त मेजर डमर घले सदस्यका रूपमा छन् भने अधिवक्ता लेखबहादुर खड्का सदस्य सचिवको भूमिकामा कार्यरत छन्।

उच्चस्तरीय समितिले महाधिवेशनका लागि करिब ३,२०० प्रतिनिधिहरूको आवेदन प्राप्त भएको जानकारी दिएको छ। ती आवेदनहरूको प्रमाणीकरण प्रक्रिया हाल जारी रहेको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम मतदाता नामावलीमा सामेल प्रतिनिधिहरूको विवरण यसप्रकार रहेको छ:

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...