News Portal

वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

संगीता गुरुङ
३४२ पटक

कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कपिलवस्तु जिल्ला समितिले कडा आपत्ति जनाएको छ। आज नेकपाले एक औपचारिक ज्ञापनपत्र वाणगंगा नगरपालिकामा बुझाउँदै, सडक निर्माणको नाममा भइरहेको मनपरी उत्खनन तत्काल रोक्न माग गरेको छ।

नेकपाले बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक निर्माणका लागि जिम्मेवार निर्माण कम्पनीले सम्झौता विपरीत अत्यधिक खनन गरी प्राकृतिक स्रोतसाधनको दुरुपयोग गरेको आरोप लगाएको छ। ज्ञापनपत्रमा स्थानीय कानुन, नियमावली तथा वातावरणीय सन्तुलनको समेत उल्लङ्घन भएको जनाइएको छ।

पार्टीले ज्ञापनमार्फत अवैध उत्खननमा संलग्न पक्षहरूको विवरण सार्वजनिक गर्नुपर्ने, कार्यस्थलमा मापदण्डविपरीतका गतिविधि तुरुन्त रोक्नुपर्ने र डम्पिङ्गमा भइरहेका दोहोरो खेल बन्द गर्नुपर्ने माग राखेको छ। साथै, ड्युटी समय बाहिर हुने प्राविधिक कामहरू समेत रोक्नुपर्ने बताइएको छ।

ज्ञापनपत्रमा उठाइएका प्रमुख ७ बुँदे माग यस्ता छन्:

1. अवैध उत्खननमा संलग्नहरूको विवरण सार्वजनिक गरिनु।

2. दोहोरो डम्पिङ्ग तुरुन्त बन्द गरिनु।

3. ड्युटी समय बाहिरका प्राविधिक कार्यहरू रोकिनु।

4. कार्यस्थलमा मापदण्ड विपरीतका कार्यहरू बन्द गरिनु।

5. मापदण्डभन्दा गहिरो खनन निषेध गर्न प्राविधिक खटाइनु।

6. डम्पिङ साइडको सतह भत्किने गरी खनन कार्य बन्द गरिनु।

7. दोहनलाई सहयोग पुग्ने कानुनी र प्राविधिक पक्षबाट देखिएको मौनता हटाई नगरपालिकाले जिम्मेवारी लिनु।

यदि यी मागहरू पूरा नभएमा उत्पन्न हुने परिणामको सम्पूर्ण जिम्मेवारी वाणगंगा नगरपालिकाले लिनुपर्ने चेतावनी नेकपाले दिएको छ। यसै सन्दर्भमा पार्टीले सञ्चार माध्यम, नागरिक समाज तथा सर्वसाधारणलाई समेत संवेदनशील बन्न आग्रह गरेको छ।

नेकपाको यो कदमले स्थानीय स्तरमा भइरहेका अनियमित खननप्रति गम्भीर बहसको वातावरण बनाएको छ। अब वाणगंगा नगरपालिकाले यस विषयमा के प्रतिक्रिया दिन्छ, त्यसतर्फ सबैको ध्यान केन्द्रित भएको छ।

 

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...