News Portal

राजमार्गमा बाढी र पहिरोले सवारी अवरुद्ध, केही स्थानमा एकतर्फी आवागमन

बुधबार साँझदेखि निरन्तर भइरहेको वर्षाका कारण देशका विभिन्न राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात अवरुद्ध भएको छ।

हिमालीसंचार संवाददाता
२४० पटक

काठमाडौं, चैत्र २८ – बुधबार साँझदेखि निरन्तर भइरहेको वर्षाका कारण देशका विभिन्न राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात अवरुद्ध भएको छ। कतिपय स्थानमा सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही ठाउँमा एकतर्फी रूपमा सवारीसाधन चलाइएको छ।

नेपाल प्रहरीले बिहीबार बिहान ८ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै देशभरका ९ स्थानमा पहिरो जाँदा राजमार्ग प्रभावित भएको जानकारी दिएको छ। तीमध्ये ३ स्थानमा सडक पूर्ण रूपमा बन्द छ, ५ स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ भने १ स्थानमा पहिरो हटाएर बाटो खुला गरिएको छ।

प्रहरीका अनुसार, रुकुम पश्चिममा पर्ने राप्ती राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, कालिकोट जिल्लाको सुर्खेत–हुम्ला सडक र सल्यान जिल्लाको जाजरकोट सडकसमेत पहिरोले पूर्ण रूपमा बन्द भएका छन्।

यातायात अवरुद्ध भएका स्थानहरूमा सम्बन्धित निकायहरूले पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने कार्य तीव्र पारेको जनाइएको छ। मौसमको असर अझै केही दिन रहन सक्ने भएकाले यात्रु तथा सवारी चालकहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रभावित राजमार्गहरूको संक्षिप्त विवरणः

राप्ती राजमार्ग, रुकुम पश्चिम – बाढीले पूर्ण अवरोध

सुर्खेत–हुम्ला सडक, कालिकोट – पहिरोका कारण पूर्ण बन्द

जाजरकोट सडक, सल्यान – पहिरोले पूर्ण अवरोध

५ स्थान – एकतर्फी सवारी सञ्चालन

१ स्थान – पहिरो हटाई बाटो खुला

सूचना स्रोतः नेपाल प्रहरी

यात्रुहरूलाई आवश्यक सतर्कता अपनाई यात्रा गर्न सुझाव दिइन्छ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...