News Portal

घाइते अवस्थामा समेत शिक्षकहरू सडकमा : महासङ्घले आन्दोलन थप चर्काउने

संगीता गुरुङ
३४१ पटक

काठमाडौं, वैशाख १५ — विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्ने माग गर्दै देशभरका शिक्षक र विद्यालय कर्मचारीहरू २७ दिनदेखि निरन्तर सडक संघर्षमा उत्रिएका छन्। नेपाल शिक्षक महासङ्घको आह्वानमा हजारौँको संख्यामा शिक्षक तथा कर्मचारीहरू काठमाडौंका सडकमा आवाज उठाइरहेका छन्।

आन्दोलनको २६ औँ दिन आइतबार भएको प्रहरी हस्तक्षेपपछि आन्दोलन थप तातेको छ। प्रहरीसँगको झडपमा परी ६२ जना शिक्षक तथा कर्मचारी घाइते भएका छन्, जसमा एक दर्जनभन्दा बढीको अवस्था गम्भीर छ। यति हुँदाहुँदै पनि घाइते शिक्षकहरू उपचार सकेर मलमपट्टी बाँधेरै आन्दोलनमा उत्रिएका छन्। सामान्य चोटपटक लागेकाहरूले समेत सडकमा आफनो उपस्थिति जनाइरहेका छन्।

महासङ्घले प्रहरी दमनको कडा शब्दमा निन्दा गर्दै आन्दोलन अझ सशक्त बनाउने निर्णय गरेको छ। आन्दोलनलाई थप उर्जा दिन घरमै रहेका शिक्षकहरूलाई समेत काठमाडौं उपस्थित भई आन्दोलनमा जोडिन अपिल गरिएको छ।

“साथीहरूको रगत सडकमा बगिसक्दा पनि मौन बस्ने बेला होइन, निर्णायक लडाइँको घडी आइसकेको छ,” महासङ्घले भनेको छ। महासङ्घले सम्पूर्ण शिक्षक समुदायलाई ऐक्यबद्ध भई आन्दोलनलाई सफलता दिलाउन आह्वान गरेको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...