News Portal

विवाहमा गीत गाउँदै गर्दा दुई महिलाको मृत्यु

रबिन्द्र बराल
३५० पटक

मोरङ, वैशाख ३१ – रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगीमा विवाह समारोहमा गीत गाउँदै गर्दा दुई महिलाको करेन्ट लागेर मृत्यु भएको छ।

तराईका साह, मण्डल, यादव, ऋषिदेव आदि समुदायहरूमा छोरी–छोराको विवाहका अवसरमा गाउँकी वृद्ध महिलाहरूले जन्ती र सम्धी पक्षको स्वागत गर्न गीत गाउने परम्परा रहिआएको छ। यसै क्रममा मिर्चाडाँगी निवासी मंगललाल सिंहका छोरा निरज कुमार सिंहको विवाह समारोहमा गाउनेक्रममा दुर्घटना भएको हो।

विवाह समारोहको तयारीस्वरूप हरियो बाँसमा माइक बाँधेर घर नजिकैको हाई टेन्सन लाइनको पोलमा राखिएको थियो। सोही बेला अचानक आएको हुरीले बाँस ढलेपछि माइकसहितको बाँस हाई टेन्सन तारमा छोएको कारण करेन्ट प्रवाह भएको थियो।

करेन्ट लागेर छिमेकी सतारुलाल गनगाईकी ७३ वर्षीया श्रीमती सूर्यदेवी गनगाई र जतरुलाल गनगाईकी ७० वर्षीया श्रीमती रामुदेवी गनगाईको घटनास्थलमै मृत्यु भएको हो। त्यसैगरी, ३० वर्षीया राधा कुमारी सिंहलाई नगर अस्पताल झुर्कियामा लगिएको थियो, जहाँ सामान्य उपचारपछि उनी घर फर्किएको सिजुवा प्रहरीले जानकारी दिएको छ।

दुवै मृतकको शव पोस्टमार्टमको लागि रंगेली अस्पतालमा राखिएको छ। पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...