News Portal

विवाहमा गीत गाउँदै गर्दा दुई महिलाको मृत्यु

रबिन्द्र बराल
२९२ पटक

मोरङ, वैशाख ३१ – रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगीमा विवाह समारोहमा गीत गाउँदै गर्दा दुई महिलाको करेन्ट लागेर मृत्यु भएको छ।

तराईका साह, मण्डल, यादव, ऋषिदेव आदि समुदायहरूमा छोरी–छोराको विवाहका अवसरमा गाउँकी वृद्ध महिलाहरूले जन्ती र सम्धी पक्षको स्वागत गर्न गीत गाउने परम्परा रहिआएको छ। यसै क्रममा मिर्चाडाँगी निवासी मंगललाल सिंहका छोरा निरज कुमार सिंहको विवाह समारोहमा गाउनेक्रममा दुर्घटना भएको हो।

विवाह समारोहको तयारीस्वरूप हरियो बाँसमा माइक बाँधेर घर नजिकैको हाई टेन्सन लाइनको पोलमा राखिएको थियो। सोही बेला अचानक आएको हुरीले बाँस ढलेपछि माइकसहितको बाँस हाई टेन्सन तारमा छोएको कारण करेन्ट प्रवाह भएको थियो।

करेन्ट लागेर छिमेकी सतारुलाल गनगाईकी ७३ वर्षीया श्रीमती सूर्यदेवी गनगाई र जतरुलाल गनगाईकी ७० वर्षीया श्रीमती रामुदेवी गनगाईको घटनास्थलमै मृत्यु भएको हो। त्यसैगरी, ३० वर्षीया राधा कुमारी सिंहलाई नगर अस्पताल झुर्कियामा लगिएको थियो, जहाँ सामान्य उपचारपछि उनी घर फर्किएको सिजुवा प्रहरीले जानकारी दिएको छ।

दुवै मृतकको शव पोस्टमार्टमको लागि रंगेली अस्पतालमा राखिएको छ। पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...