News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, राजनीति

    नेपाली जनसम्पर्क समिती मकाउले मनायो १०औं बार्षिकोत्त्सव

    मकाउ। जनसम्पर्क समिती मकाउले आफ्नो दशौं बार्षिकोत्सव सफलतापुर्वक मनाएको छ। ४ अगस्टमा मकाउको ताईपास्थित रिजेन्सी आर्ट होटलमा सम्पन्न भएको कार्यक्रममा मकाउस्थित विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो। चीनको स्वसाशित राज्य मकाउको सांसद जोसे...बाँकी

    पूर्वमन्त्री जोशीलाई ९ महिना कैद र ६९ लाख जरिवाना

    काठमाडौं। गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन्। न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई दोषी ठहर गरेको हो। यसअघि जोशीको तीन करोड ९३ लाख रुपैयाँभन्दा बढी सम्पत्तिको...बाँकी

    फेरि पनि सडकमा पलेंटी कस्न तयार छौं – प्रचण्ड

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा...बाँकी

    प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन्। प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे। विपक्षमा ७४ मत पर्‍यो भने एक मत तटस्थ रह्यो।...बाँकी

    प्रधानमन्त्री ओलीले संसदलाई सुनाए कांग्रेस–एमालेको सात बुँदे समझदारी

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबिच असार १७ गते भएको सात बुँदे सहमति प्रतिनिधिसभामा पढेर सुनाएका छन्। आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै प्रधानमन्त्री ओलीले सहमति पत्र पढेर सुनाएका हुन्। जसमा कांग्रेस...बाँकी

    राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ। राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो। जबकी कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई राप्रपाले सकारात्मक भनेको थियो। नयाँ...बाँकी

    हामी विजय मुडमा छौँ, सामाजिक सञ्जालमा आउने गाली ह्वात्तै घट्यो : प्रचण्ड

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार छाड्दै गर्दा आफूहरू विजयी मुडमा भएको बताएका छन्। प्रतिनिधिसभाको सबैभन्दा दुई ठूला दल मिले पनि कसैले समर्थन नगरेको उनको जिकिर छ। खुमलटारमा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको...बाँकी

    पदमुक्त भए प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन्। प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन्। एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत...बाँकी

    प्रधानमन्त्री प्रचण्डले आज पाँचौँपटक विश्वासको मत लिँदै

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते...बाँकी

    प्रचण्ड र रविलाई फाइल खोल्न एमालेले रोकेको थिएन : ज्ञवाली

    काठमाडौं। नेकपा एमालेले कुनै पनि भ्रष्टाचारका फाइल खोल्न पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कसैले नरोकेको टिप्पणी गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठकपछि बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री रवि...बाँकी