News Portal

जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी

३२० पटक

काठमाडौं, असार ८ – बैंकिङ कसुरको आरोपमा जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। पर्सा जिल्ला अदालतले प्रहरीको अनुरोधमा असार १६ गते पक्राउ पुर्जी जारी गरेको हो।

बर्दियाको गुलेरिया नगरपालिका–५ की स्थायी बासिन्दा रायमाझीमाथि २ लाख ७५ हजार रुपैयाँ सापटी लिएर फिर्ता नगरेको र दिएको चेक बाउन्स भएको आरोप छ। आशा कुमारी चौहान नामक महिलाले पर्सा प्रहरीमा दिएको जाहेरीका आधारमा सो प्रक्रिया अघि बढाइएको हो।

‘उहाँविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएको छ। कानुनी प्रक्रिया अघि बढाइरहेका छौं,’ पर्सा प्रहरीले जानकारी दिएको छ।

उनीविरुद्ध दर्ता भएको उजुरी अनुसार लामो समयदेखि रकम नतिरेपछि चेक दिएकी थिइन्। तर, उनले दिएको एभरेष्ट बैंकको उक्त चेक रकम नभएर बाउन्स भएको थियो।

यस विषयमा जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले पार्टीमा कुनै औपचारिक छलफल नभएको बताएका छन्। ‘पक्राउ पुर्जी जारी भएको भन्ने थाहा पाएका हौं। तर, यो उहाँको व्यक्तिगत आर्थिक लेनदेनको विषय हो। पार्टीसँग यसको सम्बन्ध छैन,’ प्रवक्ता यादवले प्रतिक्रिया दिए।

पक्राउ पुर्जी जारी भएपनि रायमाझीसँग सम्पर्क स्थापित हुन सकेको छैन। प्रहरीले उनलाई खोजी कार्य अघि बढाएको छ।

समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बनेकी रायमाझी यसअघि जसपाबाट सांसद भएकी थिइन्। एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी रायमाझी माओवादी केन्द्रका मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको मन्त्रिपरिषद्मा कृषि मन्त्रीसमेत भइसकेकी हुन्।

सत्ता साझेदार हुँदै मन्त्री बनेकी रायमाझी अहिले भने बैंकिङ कसुरको आरोपमा कानुनी समस्यामा फसेकी छिन्।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...