News Portal

भिजिट भिसा प्रकरणमा रास्वपाभित्र छानबिन, सांसद श्रेष्ठमाथि आरोप

४२४ पटक

काठमाडौं, असार ५ – भिजिट भिसाको नाममा नक्कली उजुरी दर्ता गराएको आरोपसँगै विवादमा तानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घटनाको छानबिन गर्ने निर्णय गरेको छ। पार्टीले यस विषयलाई गम्भीर रूपमा लिँदै भित्रैबाटै सत्यतथ्य पत्ता लगाउने पहल थालेको हो।

बिहीबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले यस्ता गतिविधिलाई कुनै पनि किसिमले प्रोत्साहन नगर्ने निर्णय गर्दै आरोपको छानबिन गर्ने स्पष्ट घोषणा गरेको छ। खासगरी सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिएको भन्ने आरोप सार्वजनिक भएपछि पार्टीभित्र नै छलफल सुरु भएको थियो।

संसद बैठकमा गृहमन्त्री रमेश लेखकले रास्वपातर्फ संकेत गर्दै नक्कली पीडित खडा गरिएको आशंका व्यक्त गरेका थिए। तर, रास्वपाले यसलाई सरकारकै नियोजित प्रपञ्चको हिस्सा भएको दाबी गर्दै विरोध जनाएको छ। पार्टीको भनाइ छ, “यो घटनालाई संसदको रोष्ट्रमबाट गृहमन्त्रीले दिएका अभिव्यक्तिहरूको निरन्तरता र षड्यन्त्रको श्रृङ्खला मानेका छौं।”

पार्टीले स्पष्ट रूपमा बताएको छ कि यस्ता कार्यहरूमा पार्टीको कुनै संलग्नता छैन र भविष्यमा पनि यस्ता गतिविधिलाई समर्थन नदिनेछ।

घटनाको सत्यतथ्य पत्ता लगाउन र जिम्मेवार पहिचान गर्न रास्वपाले सांसद प्रा.डा. चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव बिष्ट सदस्य छन्।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...