आज : २०२६-०६-०५, शुक्रबार

उदयपुर मिलिजुली समाज कुवेतद्वारा जनवरी ९ तारिखमा रक्तदान कार्यक्रम गर्ने

कुवेत– “रक्तदान जीवनदान” भन्ने पवित्र उद्देश्यका साथ उदयपुर मिलिजुली समाज कुवेतले आगामी महिनाको जनवरी ९ तारिख (शुक्रबार) वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

कुवेतमा क्रियाशील उक्त समाजले यहाँ रहेका नेपाली समुदाय तथा अन्य इच्छुक व्यक्तिहरूलाई एकत्रित गर्दै मानवीय सेवामा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ। अस्पतालहरूमा देखिँदै आएको रगतको अभावलाई न्यूनीकरण गर्न र सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
समाजले कुवेतमा रहेका सम्पूर्ण नेपाली संघ–संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, समाजसेवी, पत्रकार तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई रक्तदान गर्न हार्दिक आह्वान गरेको छ।

समाजका अनुसार, हाम्रो सानो प्रयासले कसैको अमूल्य जीवन बच्न सक्छ। त्यसैले यस पुण्य कार्यमा सहभागी भई मानवताको परिचय दिऊँ।

कार्यक्रम विवरण:

मिति: जनवरी ९ तारिख (शुक्रबार)

समय: दिउँसो १ बजेदेखि ५ बजेसम्म

स्थान: सेन्ट्रल ब्लड बैंक, जाब्रिया

📞 सम्पर्क:

अध्यक्ष: मोहन लुइटेल – 55047680

उपमहासचिव: विनोद अधिकारी – 60797515

सचिव: रमेश शिलवाल – 55907094