News Portal

चण्डिका डिस्टिलरीद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

३०३ पटक

रबिन्द्र बराल/ मोरङ, पुष २१ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ८ स्थित चण्डिका डिस्टिलरीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। डिस्टिलरीले हरेक वर्ष यस्ता निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ।

विराट आँखा अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको डिस्टिलरीका म्यानेजर ओमकार थापाले जानकारी दिए। उक्त शिविरमा १३५ जनाले निःशुल्क आँखा परीक्षण गराएका थिए।

आँखा जाँचका क्रममा १५ जनामा मोतियाबिन्दु, मासु पलाउने, नशा सुकेको समस्या देखिएको तथा उमेर अनुसार चस्मा लगाउनुपर्ने अवस्था पाइएको थियो। उनीहरूलाई थप उपचारका लागि विराट आँखा अस्पतालमा निःशुल्क उपचार गरिने गरी रिफर गरिएको छ।

शिविरमा विराट आँखा अस्पतालका डाक्टर सबिन केसी, अरुण चौधरी लगायतको टोलीले बिरामीहरूको उपचार गरेको थियो। विराट आँखा अस्पतालका डाक्टरहरूको सहयोगमा उक्त शिविर सफलतापूर्वक सञ्चालन गरिएको हो।

प्रतिकृया दिनुहोस्

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...