News Portal

प्रदेशसभा विवादित : सांसद जुग्जालीद्वारा बजेट पुस्तिका च्यातेर सरकारलाई चुनौती

२७८ पटक

पोखरा, असार ९ — गण्डकी प्रदेशसभाको सोमबारको बैठक विशेषगरी बजेट छलफलकै लागि बोलाइएको थियो। तर, छलफलको बीचमा एउटा दृश्य यस्तो देखियो, जसले संसद् नै तनाबपूर्ण बनायो। नेकपा माओवादी केन्द्रका प्रदेशसभा सांसद रेशम बहादुर जुग्जाली आफैं रोष्ट्रममा उभिएर बजेट पुस्तिका च्यात्दै विरोध जनाए।

पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका सांसद जुग्जालीले प्रदेश सरकारले ल्याएको बजेटलाई पूर्वाग्रही र असन्तुलित भएको आरोप लगाउँदै सार्वजनिक रूपमा बजेटको प्रति च्यातेर असन्तुष्टि पोखेका हुन्।

‘यो बजेटले प्रदेशवासीलाई होइन, देवीदेवताहरूलाई मात्र खुसी बनाउने गरी ल्याइएको छ,’ भन्दै उनले तिखो टिप्पणी गरे। उनले विकासका नाममा बजेट धार्मिक कार्यक्रम र मन्दिर निर्माणमा मात्रै खर्च गर्ने नियत राखिएको भन्दै आलोचना गरे।

जुग्जालीले बजेटको भौगोलिक विभाजनलाई लिएर समेत प्रश्न उठाए। ‘बजेट सगरमाथा चढ्न खोज्या थियो, तर हिन्दसागर तिर पुगेको छ,’ भन्दै उनले सरकारको प्राथमिकता प्रति व्यंग्य गरे। साथै उनले गण्डकी प्रदेशका अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई म्याग्दीको दुर्गम भेग गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्मको यात्रा गराउनुपर्ने सुझाव समेत दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...