News Portal

भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानबिनको माग, राप्रपाको संसद्मा आवाज

२६५ पटक

काठमाडौं, असार ५ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा संलग्नताको आशंकामा पूर्वदेखि वर्तमानसम्मका १४ जना गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन माग गरेको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यो प्रस्ताव सार्वजनिक रूपमा राखेका हुन्।

शाहीले पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलादेखि हालका गृहमन्त्री रमेश लेखकसम्मका १४ जना गृहमन्त्रीमाथि छानबिन आवश्यक रहेको तर्क गरेका छन्। उनका अनुसार यो विषय कुनै एक दलसँग मात्र सम्बन्धित नभई समग्र नेपाली जनताको साझा सरोकार हो, जसमा सबै दलले एक ठाउँमा उभिनुपर्ने उनले जिकिर गरे।

‘भिजिट भिसा प्रकरणमा सत्य के हो भन्ने स्पष्ट पार्न हामी सबै एक ठाउँमा आउनुपर्छ,’ शाहीले संसद्मा भने, ‘छानबिन समिति गठन नभएसम्म राप्रपाको विरोध जारी रहन्छ।’

उनले सभामुखलाई सम्बोधन गर्दै संसद बलपूर्वक चलाउन खोजिए त्यसले समस्या अझै जटिल बनाउने चेतावनी समेत दिए। संसदमा विवाद चुलिँदै जाँदा रास्वपाका सांसदहरूले बेल घेरेर आक्रोश व्यक्त गरे भने राप्रपाका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिए।

भिजिट भिसा प्रकरणले देशभर चर्चाको विषय बनेको छ। सरकार र संसदमा यसबारे गहिरो बहस सुरु भएको छ। छानबिन प्रक्रिया अघि बढ्ने हो वा नहोने भन्ने चासो अझै बाँकी छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...