News Portal

अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीशमाथि छानबिन, न्याय परिषद्मा तानिए

३७० पटक

काठमाडौं, असार ५ – नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरका दुई न्यायाधीश न्याय परिषद्मा तानिएका छन्। उनीहरूविरुद्ध परेको उजुरीको गम्भीरता हेरेर परिषद्ले छानबिन प्रक्रिया अघि बढाएको हो।

न्यायाधीश खुशीप्रसाद थारु र अर्जुन महर्जनले वीरगन्जस्थित अस्थायी इजलासबाट गत जेठ १४ गते आलमलाई सफाइ दिएका थिए। आलममाथि २०६४ सालमा रौतहटको राजपुरमा बम विस्फोट गराई त्यसमा घाइते भएका व्यक्तिहरूलाई जिउँदै इँट्टाभट्टामा हालेर हत्या गराएको आरोप लागेको थियो। सो घटनामा जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो। तर उच्च अदालत जनकपुरले सो निर्णय उल्टाउँदै सफाइ दिएको थियो।

न्यायाधीश थारु र महर्जनविरुद्ध दुईवटा उजुरी दर्ता भएका छन्। विस्फोटमा ज्यान गुमाएका त्रिलोकप्रताप सिंह (पिन्टु) का पिता श्रीनारायण सिंह राजपूतले गत मंगलबार न्यायाधीशद्वयमाथि कारबाहीको माग गर्दै उजुरी दिएका थिए। त्यसअघि जेठ १६ गते युवराज पौडेल ‘सफल’ ले पनि उनीहरूविरुद्ध उजुरी दर्ता गराएका थिए।

न्याय परिषद्का एक उच्च स्रोतका अनुसार उजुरीहरू गम्भीर प्रकृतिका भएकाले छानबिन समिति गठन गरिएको छ। अब सो समितिले छानबिन गरी थप प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...