News Portal

भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

३१० पटक

काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अन्ततः एउटै मोर्चामा उभिएका छन्। शुक्रबारदेखि दुबै दलले संसद् बैठक बहिष्कार गर्दै आन्दोलनलाई अझ व्यापक बनाउने रणनीति अख्तियार गरेका छन्।

अघिल्ला दिनहरूमा राप्रपाले संसद् बहिष्कार गरेर विरोध जनाइरहेको थियो भने रास्वपाले वेल घेर्ने र नाराबाजी गर्ने शैली अपनाएको थियो। तर शुक्रबारदेखि रास्वपाका सांसदहरूले पनि संसद् बैठक बहिष्कार गर्दै राप्रपासँग कदम मिलाएका छन्।

भिजिट भिसा प्रकरणलाई लिएर संसद्मा आवाज उठाउँदै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यो विषय कुनै विशेष दलको मात्र नभई सम्पूर्ण देशकै साझा सरोकार भएको स्पष्ट पारे। ‘यो कुनै व्यक्तिको वा दलको मात्रै मुद्दा होइन। हामी सबै मिलेर समाधान खोज्नुपर्छ,’ शाहीको भनाइ थियो।

उनले भिजिट भिसाको समस्या २०६४ सालदेखि निरन्तर रहँदै आएको र त्यसको समाधानका लागि संसद्भित्र सबै दल एकजुट हुनुपर्नेमा जोड दिए। ‘मानव बेचबिखनजस्तो संवेदनशील विषयमा हामी सबै एकढिक्का भएर अगाडि बढ्नुपर्छ,’ उनले संसद्मा भावुक हुँदै भने।

रास्वपा र राप्रपाले संसदीय छानबिन समिति गठन नभएसम्म संसद्को बैठक बहिष्कार गर्ने अडान लिएका छन्। शुक्रबारदेखि दुबै दलले संसद्बाहिर एकै स्वरमा विरोधको हुंकार छाडेका छन्।

संसद्भित्र अब यी दुई दल एउटै धारमा उभिएपछि भिजिट भिसा प्रकरणबारे संसद्भित्रको राजनीति थप तातेको छ। संसदीय छानबिन समिति गठन नभएसम्म रास्वपा र राप्रपा पछि हट्ने मूडमा छैनन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...