News Portal

भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

२३५ पटक

काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अन्ततः एउटै मोर्चामा उभिएका छन्। शुक्रबारदेखि दुबै दलले संसद् बैठक बहिष्कार गर्दै आन्दोलनलाई अझ व्यापक बनाउने रणनीति अख्तियार गरेका छन्।

अघिल्ला दिनहरूमा राप्रपाले संसद् बहिष्कार गरेर विरोध जनाइरहेको थियो भने रास्वपाले वेल घेर्ने र नाराबाजी गर्ने शैली अपनाएको थियो। तर शुक्रबारदेखि रास्वपाका सांसदहरूले पनि संसद् बैठक बहिष्कार गर्दै राप्रपासँग कदम मिलाएका छन्।

भिजिट भिसा प्रकरणलाई लिएर संसद्मा आवाज उठाउँदै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यो विषय कुनै विशेष दलको मात्र नभई सम्पूर्ण देशकै साझा सरोकार भएको स्पष्ट पारे। ‘यो कुनै व्यक्तिको वा दलको मात्रै मुद्दा होइन। हामी सबै मिलेर समाधान खोज्नुपर्छ,’ शाहीको भनाइ थियो।

उनले भिजिट भिसाको समस्या २०६४ सालदेखि निरन्तर रहँदै आएको र त्यसको समाधानका लागि संसद्भित्र सबै दल एकजुट हुनुपर्नेमा जोड दिए। ‘मानव बेचबिखनजस्तो संवेदनशील विषयमा हामी सबै एकढिक्का भएर अगाडि बढ्नुपर्छ,’ उनले संसद्मा भावुक हुँदै भने।

रास्वपा र राप्रपाले संसदीय छानबिन समिति गठन नभएसम्म संसद्को बैठक बहिष्कार गर्ने अडान लिएका छन्। शुक्रबारदेखि दुबै दलले संसद्बाहिर एकै स्वरमा विरोधको हुंकार छाडेका छन्।

संसद्भित्र अब यी दुई दल एउटै धारमा उभिएपछि भिजिट भिसा प्रकरणबारे संसद्भित्रको राजनीति थप तातेको छ। संसदीय छानबिन समिति गठन नभएसम्म रास्वपा र राप्रपा पछि हट्ने मूडमा छैनन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...