News Portal

राष्ट्रिय सभा निर्वाचनमा रणनीतिक तालमेल अपरिहार्य : सिटौला

२५६ पटक

काठमाडौं, पुष २१ – नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा निर्वाचनमा दलहरूबीच रणनीतिक तालमेल अनिवार्य हुने बताएका छन्। उनले निर्वाचन प्रणालीकै कारण दलहरूलाई सहकार्यतर्फ जानुपर्ने अवस्था सिर्जना भएको बताए।

सोमबार पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले राष्ट्रिय सभामा अंकगणित मिलाउनुपर्ने बाध्यताका कारण रणनीतिक तालमेल आवश्यक रहेको स्पष्ट पारे। उनका अनुसार प्रतिनिधि सभाभन्दा फरक संरचना भएकाले राष्ट्रिय सभामा सहकार्य स्वाभाविक प्रक्रिया हो।

राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। तीमध्ये एक जना मनोनित हुनेछन् भने बाँकी १८ सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ।

प्रदेशगत रूपमा कोशीबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २–२, लुम्बिनीबाट ३ तथा कर्णाली र सुदूरपश्चिमबाट २–२ जना राष्ट्रिय सभा सदस्य चयन हुनेछन्।

निर्वाचन तालिका अनुसार पुस २३ गते उम्मेदवारी दर्ता हुने भएपछि दलहरूबीच तालमेलको प्रयास तीव्र बनेको छ। नेपाली कांग्रेससहित एमाले र माओवादी केन्द्रबीच पनि सहकार्यबारे आन्तरिक छलफल भइरहेको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...