News Portal

संसद बैठक आज, निजामती विधेयक फेरि कार्यसूचीमा परेन

२४५ पटक

काठमाडौं, असार ५ – संघीय संसद्को प्रतिनिधि सभा आज बिहान ११ बजे बस्दैछ। नागरिकता विधेयक अगाडि बढाउने र मन्त्रालयगत बजेट छलफल गर्ने तयारी गरिएको छ। तर, लामो समयदेखि चर्चामा रहेको संघीय निजामती सेवा विधेयक भने आजको कार्यसूचीमा समेत समावेश गरिएको छैन।

सरकारी सेवामा अवकाश वा राजीनामा दिएपछि दुई वर्षसम्म संवैधानिक निकाय र सरकारी नियुक्तिमा नजाने व्यवस्था गरिएको यो विधेयक ‘कुलिङ पिरियड’को प्रावधानका कारण पछिल्ला दिनमा विवादको घेरामा परेको छ। खासगरी उच्च तहका सरकारी कर्मचारीहरू यस्ता प्रावधानप्रति असन्तुष्ट छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले यो विषयलाई विशेष चासो दिँदै सरकारभित्र र बाहिर दुबैतर्फ छलफल चलाइरहेका छन्। सोमबार मन्त्रिपरिषद बैठकमै ‘कुलिङ पिरियड’बारे गम्भीर छलफल भएको थियो भने बुधबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई बालुवाटारमै बोलाएर यो विषयमा छुट्टै छलफल गरेका थिए।

यसअघि मंगलबार बसेको बैठकको कार्यसूचीमा समावेश गरिए पनि अन्तिम समयमा निजामती विधेयक अगाडि बढ्न सकेन। त्यही विधेयक आजको बैठकको कार्यसूचीमा समेत नराखिएको छ। विधेयक किन रोकियो भन्नेबारे औपचारिक रुपमा केही नखुलाइए पनि विवादास्पद ‘कुलिङ पिरियड’कै कारण यो प्रक्रिया रोकिन पुगेको अड्कल गरिएको छ।

सरकारी कर्मचारीहरूबीच यो विधेयकप्रति असन्तोष देखिएको बेला प्रधानमन्त्री आफैं सक्रिय भएर छलफल गरिरहे पनि विधेयक अघि बढ्ने समय भने अन्योलमै छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा फेल? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...