News Portal

रास्वपा र राप्रपाले मन्त्रीहरूको जवाफ बहिष्कार गर्दै प्रतिनिधि सभाबाट बहिर्गमन

३२५ पटक

काठमाडौं, असार ९ – भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर विरोध गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्।

आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि उठाइएका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय भइसकेपछि मन्त्रीहरूलाई जवाफ दिन बोलाइएको थियो। यति हुँदा राप्रपाका सांसदहरू बैठक सुरु हुनुअगावै बाहिरिएका थिए भने रास्वपाका सांसदहरूले मन्त्रीहरूको जवाफ सुरु हुनासाथ सभाकक्ष छोडेका थिए।

बैठक बहिष्कार गर्नु अघि रास्वपाका सांसद शिव नेपालीले वेलमा उभिएर सरकारलाई कडा प्रश्न गरेका थिए। उनले भिजिट भिसाको नाममा नेपाली युवाहरूमाथि भइरहेको ठगी र मानव तस्करीलाई आपराधिक गतिविधि ठहर गर्दै सरकार किन मौन छ भन्ने जिज्ञासा राखे। सांसद नेपालीको भनाइ थियो, ‘जनताको आवाज उठाउनु हाम्रो अपराध होइन, अपराध त भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी हो।’

सरकार र ठूला दलहरूकै मिलेमतोमा यस्तो आपराधिक गतिविधि भइरहेको आरोप लगाउँदै उनले भने, ‘अपराधीलाई कारबाही गर्नुको सट्टा सरकारले जोगाउन खोजिरहेको छ। के सरकार र आपराधिक गिरोहबीच साँठगाँठ छ?’

नेपालीले आफूहरू कुनै पार्टी वा नेताविरुद्ध नभई मानव तस्करी, कुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा रहेकाले संसदभित्रको विरोधलाई न्यायोचित भएको बताए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिई राजीनामा दिनुपर्ने उनको अडान थियो। साथै, उनले यस विषयमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक समिति गठनको मागसमेत दोहोर्याए।

‘जबसम्म हाम्रो माग सम्बोधन हुँदैन, हामी मन्त्रीहरूको जवाफ सुन्ने छैनौं,’ सांसद नेपालीको चेतावनी थियो।

त्यसपछि रास्वपाका सांसदहरू पनि सभाकक्ष छाडेर बाहिरिएका थिए।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...