News Portal

  • रास्वपा र राप्रपाले मन्त्रीहरूको जवाफ बहिष्कार गर्दै प्रतिनिधि सभाबाट बहिर्गमन

    २०० पटक

    काठमाडौं, असार ९ – भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर विरोध गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्।

    आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि उठाइएका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय भइसकेपछि मन्त्रीहरूलाई जवाफ दिन बोलाइएको थियो। यति हुँदा राप्रपाका सांसदहरू बैठक सुरु हुनुअगावै बाहिरिएका थिए भने रास्वपाका सांसदहरूले मन्त्रीहरूको जवाफ सुरु हुनासाथ सभाकक्ष छोडेका थिए।

    बैठक बहिष्कार गर्नु अघि रास्वपाका सांसद शिव नेपालीले वेलमा उभिएर सरकारलाई कडा प्रश्न गरेका थिए। उनले भिजिट भिसाको नाममा नेपाली युवाहरूमाथि भइरहेको ठगी र मानव तस्करीलाई आपराधिक गतिविधि ठहर गर्दै सरकार किन मौन छ भन्ने जिज्ञासा राखे। सांसद नेपालीको भनाइ थियो, ‘जनताको आवाज उठाउनु हाम्रो अपराध होइन, अपराध त भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी हो।’

    सरकार र ठूला दलहरूकै मिलेमतोमा यस्तो आपराधिक गतिविधि भइरहेको आरोप लगाउँदै उनले भने, ‘अपराधीलाई कारबाही गर्नुको सट्टा सरकारले जोगाउन खोजिरहेको छ। के सरकार र आपराधिक गिरोहबीच साँठगाँठ छ?’

    नेपालीले आफूहरू कुनै पार्टी वा नेताविरुद्ध नभई मानव तस्करी, कुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा रहेकाले संसदभित्रको विरोधलाई न्यायोचित भएको बताए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिई राजीनामा दिनुपर्ने उनको अडान थियो। साथै, उनले यस विषयमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक समिति गठनको मागसमेत दोहोर्याए।

    ‘जबसम्म हाम्रो माग सम्बोधन हुँदैन, हामी मन्त्रीहरूको जवाफ सुन्ने छैनौं,’ सांसद नेपालीको चेतावनी थियो।

    त्यसपछि रास्वपाका सांसदहरू पनि सभाकक्ष छाडेर बाहिरिएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...