News Portal

संक्रमणकालीन न्यायमा निष्कर्ष निकाल्ने प्रयास, प्रधानमन्त्री ओलीको नेतृत्वमा बैठक तयारी

३४७ पटक

काठमाडौं, असार ५ – संक्रमणकालीन न्यायसँग सम्बन्धित जटिल विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन्। प्रमुख विपक्षी दलहरूबीच सहमति जुटाउन प्रधानमन्त्री ओलीले पहल थालेका छन्।

प्रधानमन्त्री ओलीले तीन प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने प्रयास गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलका लागि तयार भइसकेका छन्। तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं बाहिर रहेकाले बैठक तत्काल बस्न सकेको छैन।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार र बुधबार तीन दलका नेताहरूबीच औपचारिक छलफलको तयारी गरिएको थियो। प्रचण्ड चितवनबाट काठमाडौं फर्किने भनिएपछि बुधबार बैठक तय गरिएको थियो। तर प्रचण्डको काठमाडौं नआएपछि बैठक सारिएको हो। ‘आज दिउँसो २ बजे बस्ने भनिएको छ, तर प्रचण्ड कहिले फर्किने भन्ने खुलेको छैन,’ प्रधानमन्त्री सचिवालयका एक अधिकारीले बताए।

छलफलको मूल विषय संक्रमणकालीन न्यायसँग सम्बन्धित रहेको बताइएको छ। आयोगमार्फत अघि बढिरहेको प्रक्रिया सफल बनाउँदै पीडितहरूको आवाज कसरी सम्बोधन गर्ने भन्ने विषयमा नेताहरूबीच राय साटासाट गर्ने तयारी गरिएको छ।

सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसबीच भने निरन्तर संवाद भइरहेको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ। बुधबार बेलुकी पनि यी दुई दलबीच छलफल भएको थियो। प्रचण्ड काठमाडौं फर्किएपछि मात्रै तीन दलबीच बहुपक्षीय वार्ता हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा संक्रमणकालीन न्याय प्रक्रिया निष्कर्षमा पुर्‍याउन दलहरूलाई एउटै मञ्चमा ल्याउने प्रयास भइरहेको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...