News Portal

सभामुखको पहलमा रास्वपासँग छलफल, संसद अवरोध नहुने आशा

३०१ पटक

काठमाडौं, असार ६ – प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएसँगै संसदमा अवरोध नहोस् भन्ने उद्देश्यले सभामुख देवराज घिमिरे सक्रिय बनेका छन्। बैठक सुरु हुनुअघि नै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग छुट्टै छलफल गरेका छन्।

शुक्रबार बिहानै सभामुख घिमिरेले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारलाई बोलाएर संवाद गरेका हुन्। संसदको सम्भावित कार्यसूचीअनुसार बिहान ११ बजे सुरु हुने बैठकको पहिलो एजेन्डा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम नै रहेको छ।

अघिल्ला बैठकहरूमा रास्वपा सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै पटक–पटक नाराबाजी र वेल घेरेर संसद अवरुद्ध गर्दै आएका थिए। यही पृष्ठभूमिमा सभामुखले प्रधानमन्त्रीको सम्बोधन शान्तिपूर्ण र मर्यादित रूपमा सञ्चालन गराउन रास्वपालाई सहयोग गर्न अनुरोध गरेका हुन्।

उनले अघिल्लो अभ्यासहरूमा प्रधानमन्त्रीको सम्बोधनका बेला अवरोध नगर्ने परम्परा रहेको स्मरण गराउँदै विरोधका स्वरूपलाई बदलेर या स्थगन गरेर संसद सञ्चालनमा सहयोग पुर्‍याउन आग्रह गरे।

सभामुख घिमिरेले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरलाई संसदको गरिमा र उत्तरदायित्वसँग जोडेर सबै दलहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...