News Portal

सभामुखको पहलमा रास्वपासँग छलफल, संसद अवरोध नहुने आशा

२३१ पटक

काठमाडौं, असार ६ – प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएसँगै संसदमा अवरोध नहोस् भन्ने उद्देश्यले सभामुख देवराज घिमिरे सक्रिय बनेका छन्। बैठक सुरु हुनुअघि नै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग छुट्टै छलफल गरेका छन्।

शुक्रबार बिहानै सभामुख घिमिरेले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारलाई बोलाएर संवाद गरेका हुन्। संसदको सम्भावित कार्यसूचीअनुसार बिहान ११ बजे सुरु हुने बैठकको पहिलो एजेन्डा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम नै रहेको छ।

अघिल्ला बैठकहरूमा रास्वपा सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै पटक–पटक नाराबाजी र वेल घेरेर संसद अवरुद्ध गर्दै आएका थिए। यही पृष्ठभूमिमा सभामुखले प्रधानमन्त्रीको सम्बोधन शान्तिपूर्ण र मर्यादित रूपमा सञ्चालन गराउन रास्वपालाई सहयोग गर्न अनुरोध गरेका हुन्।

उनले अघिल्लो अभ्यासहरूमा प्रधानमन्त्रीको सम्बोधनका बेला अवरोध नगर्ने परम्परा रहेको स्मरण गराउँदै विरोधका स्वरूपलाई बदलेर या स्थगन गरेर संसद सञ्चालनमा सहयोग पुर्‍याउन आग्रह गरे।

सभामुख घिमिरेले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरलाई संसदको गरिमा र उत्तरदायित्वसँग जोडेर सबै दलहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...