
काठमाडौँ, पुष २० – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सरकारले आफ्ना माग पूरा नगरे वार्ता तोड्ने चेतावनी दिएका छन्। आइतबार ‘राष्ट्रिय संकल्प पृथ्वीपथ’ कार्यक्रममा उनले सरकारलाई आफ्नो एजेण्डाबारे जानकारी दिइसकेको र अबको कदम सरकारको जवाफमा निर्भर हुने बताए।
प्रसाईंले देश संकटमा रहेको दाबी गर्दै समान विचारका शक्तिहरू एकजुट भएर दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए। विदेशमा रहेका युवाहरूलाई स्वदेश फर्केर राष्ट्र निर्माणमा जुट्न आग्रह गर्दै उनले भने, सरकारले मागमा ढिलाइ गरे सडक आन्दोलन अन्तिम विकल्प बन्नेछ।