News Portal

  • गृहपृष्ठ समाचार

    रारा किनारको डाँफे होटलमा भीषण आगलागी, ठूलो क्षति

    फाल्गुन १५, मुगु – रारा राष्ट्रिय निकुञ्जभित्र रहेको डाँफे होटलमा भीषण आगलागी हुँदा होटलका पाँच वटा घरटहरा जलेर नष्ट भएका छन्। छायानाथ रारा नगरपालिका–९ स्थित रारा ताल नजिक रहेको उक्त होटलमा गएराति करिब १ बजे...बाँकी

    पाल्पाली समाज यूएईद्वारा वृहत वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

    फाल्गुन १४, यूएई  – “एक्काइसौं शताब्दीको आवश्यकता: सीप र ज्ञान, यूएईको माटो सुहाउँदो पाल्पालीको अभियान” नाराका साथ पाल्पाली समाज यूएईले वृहत वनभोज तथा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम पहाडैपहाडको मनोरम परिवेशमा नौमति...बाँकी

    शिवरात्रीको अवसरमा कटगरामा भजन कीर्तन हुँदै

    मोरङ, फाल्गुन १४ – रतुवामाई–४, कटगरा स्थित गडिमहराजमा तीन दिने शिवरात्री विशेष पूजा–पाठ हुनुका साथै श्री श्री १०८ अष्याम महायज्ञ अन्तर्गत ३८ घण्टाको भजन कीर्तन हुने भएको छ। शिवरात्रीको अवसर पारेर आज कलश यात्रा समेत...बाँकी

    सुनसरीमा करेन्ट लाग्दा युवकको मृत्यु

    सुनसरी, फागुन १४ – सुनसरीको कोशी गाउँपालिका–३ मा माछा मार्न गएका एक युवकको करेन्ट लागेर ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ४५ वर्षीय इसराफिल मियाँ माछा मार्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए।...बाँकी

    शिवरात्रिमा बागमती नदीमा मेलम्चीको पानी छोडियो

    काठमाडौँ, फागुन १४ – महाशिवरात्रिको अवसरमा बागमती नदीमा पानीको बहाव बढाउन मेलम्ची खानेपानी आयोजनाबाट पानी छोडिएको छ। पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई स्नान गर्न सहज बनाउने र नदीको सौन्दर्य बढाउने उद्देश्यले मेलम्चीको पानी बागमतीमा...बाँकी

    एनआरएनए उच्चस्तरीय समितिद्वारा केन्द्रीय कार्यालय पुगेर समयमै निर्वाचन गर्ने घोषणा

    काठमाडौँ। सर्वोच्च अदालतको परमादेशले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफ्नो काम कारबाहीलाई अगाडी बढाएका छन्। बद्री केसी पक्षले कब्जाको शैलीमा चलाइरहेको एनआरएनएको कार्यालयलाई आफू मातहतमा ल्याएर...बाँकी

    २०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने रास्वपा सांसद ढकालको माग

    काठमाडौं, १३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले २०४७ सालदेखि सत्तामा रहेका सबै नेताहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। उनले लामो समयदेखि शासन गरेका नेताहरूले देशलाई भ्रष्टाचारको दलदलमा फसाएको आरोप...बाँकी

    गोरखामा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा शिक्षक पक्राउ

    गोरखा, १३ फागुन – गोरखाको धार्चे गाउँपालिकामा कार्यरत एक शिक्षकलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति जाजरकोटको नलगाड नगरपालिका–८ निवासी ३५ वर्षीय कमलबहादुर बोहरा रहेको जिल्ला प्रहरी...बाँकी

    नेकपा (बहुमत)को राजतन्त्रको पुनरागमनका विरुद्ध ६ महिने जनसंघर्ष कार्यक्रमको घोषणा

    काठमाडौं, फाल्गुन १३ – नेकपा (बहुमत)ले वर्तमान ओली सरकारलाई राजतन्त्रको पुनरागमनतर्फ अघि बढिरहेको आरोप लगाउँदै ६ महिने जनसंघर्ष कार्यक्रम घोषणा गरेको छ। पार्टीले भ्रष्टाचार र बेथितिका विरुद्धमा देशभरि जनसंघर्ष चलाउने योजना बनाएको हो। पार्टीको महासचिव...बाँकी

    रोल्पामा खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या, श्रीमान पक्राउ

    दाङ, फागुन १३ – रोल्पाको त्रिवेणी गाउँपालिका–६ स्थित धुम्कामा एक व्यक्तिले आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन्। ४० वर्षे खिमबहादुर बुढा मगरले आफ्नी ३२ वर्षीया श्रीमती अस्मिता बुढा मगरको घाँटीमा...बाँकी