News Portal

मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

३२३ पटक

काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने बताएका छन्। सामाजिक सञ्जालमा फेरि हिंसात्मक प्रदर्शन हुने भनी त्रास फैलिएपछि उनले यस्तो स्पष्टिकरण दिएका हुन्।

ढुङ्गानाले भने, “अक्टोबर ९ मा कुनै हिंसात्मक गतिविधि गर्ने योजना छैन। हामी शान्तिपूर्ण तरिकाले मात्र केही गर्न सक्छौं। हिंसात्मक गतिविधिमा हामी संलग्न हुनेछैनौं।”

उनले एजेन्डा बिना आन्दोलन गर्नुको औचित्य नभएको पनि बताए। ढुङ्गानाले पुरानो अनुभव उदाहरण दिँदै भने, “साउन ८ मा हामी मुसा मार्न गएका थियौं, बाघ मारेर ल्यायौं। अब बाघ बोक्न सम्भव छैन।”

उनले अहिले आन्दोलन गर्न कुनै कारण नरहेको र माग पूरा नभए वैकल्पिक उपायमार्फत दबाब दिन सकिने बताए। अन्त्यमा ढुङ्गानाले दोहोर्याए, “एजेन्डा बिना हुने आन्दोलनको कुनै अर्थ छैन, हामी जेनजी त्यसमा संलग्न छैनौं।”

प्रतिकृया दिनुहोस्

राजनीति जब निर्ममतामा उत्रीन्छ

– कमला थापा २०८३ वैशाख २ गते। पुराना राजनैतिक दलहरु फाल्गुन २१ को निर्वाचन पछि...

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...