News Portal

मितेरी सहकारी घोटाला : दुई वटा नागरिकता र राहदानी बनाएका ज्योतिबहादुर भण्डारीमाथि थप छानबिन सुरु

३२४ पटक

काठमाडौं, असार ५ – मितेरी बचत तथा ऋण सहकारी घोटालामा संलग्न अभियुक्त ज्योतिबहादुर भण्डारीमाथि नागरिकता र राहदानी सम्बन्धी थप अनुसन्धान अघि बढाइएको छ।

काठमाडौं प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार भण्डारीको नाममा दुईवटा फरक नागरिकता र दुईवटा राहदानी फेला परेको पुष्टि भएसँगै नयाँ अध्यायको अनुसन्धान सुरु भएको हो। उनले कास्की र बर्दियाबाट फरक विवरणमा नागरिकता र राहदानी बनाएको खुलेको छ।

लामो समयदेखि फरार रहेका भण्डारीलाई प्रहरीले इन्टरपोलमार्फत जारी रेड नोटिसको आधारमा कम्बोडियाबाट पक्राउ गरी बुधबार राति काठमाडौं ल्याएको हो। उनीविरुद्ध मितेरी सहकारीको करोडौं रुपैयाँ अपचलन गरी विदेशतिर पठाएको गम्भीर आरोप लागेको छ।

भण्डारीमाथि ललितपुरस्थित मितेरी सहकारीका १४४ जना बचतकर्तासहित संचालकहरूको करिब १४ करोड रुपैयाँ हिनामिना गरेको अभियोग छ। प्रहरीले प्रारम्भिक अनुसन्धानबाट भण्डारीले उक्त रकम सहकारीकी तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत उठाएको र त्यसपछि थाइल्याण्ड हुँदै कम्बोडिया पुगेको विवरण फेला पारेको छ।

सहकारीका पदाधिकारीहरूलाई उनले पटक–पटक ह्वाट्स एपमार्फत झुटा विवरण र आश्वासन दिएर रकम फिर्ता गरिदिने प्रलोभनमा पार्न खोजेको पनि प्रहरीले जनाएको छ। विशेष गरेर, ग्लोबल आईएमई बैंक इन्द्रचोक शाखामा ३३ करोड ११ लाख रुपैयाँ ट्रान्सफर गरेको भन्दै टोकनको फोटो समेत पठाएर फसाउने प्रयास गरेको खुलेको छ। तर उक्त रकम भने झुटो भएको पुष्टि भइसकेको छ।

अहिले भण्डारीमाथि नागरिकता र राहदानी दुवै प्रकरणमा छुट्टाछुट्टै अनुसन्धान अघि बढाइएको छ। यता, करोडौं रुपैयाँ ठगीमा परेको पीडित बचतकर्ता भने आफ्नो गाढा पसिना बगाएर जम्मा पारेको रकम फिर्ता पाइने आशामा छन्।

हिमाली सञ्चारको समाचार टोलीसँग कुरा गर्दै सीआईबी स्रोतले भन्यो, “नागरिकता र राहदानी प्रकरणले यो ठगी काण्डलाई अझ गहिरो बनाएको छ। छिट्टै यसमा नयाँ मोड आउने सम्भावना छ।”

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...