News Portal

मितेरी सहकारी ठगी प्रकरणः ज्योतिबहादुर भण्डारीविरुद्ध ७ दिनको म्याद थप

३२७ पटक

काठमाडौं, असार ५ – कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध अदालतले ७ दिनको म्याद थप गरेको छ। लिखतसम्बन्धी कसुर र ठगीको आरोपमा थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले बिहीबार यस्तो आदेश दिएको हो।

भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार राति काठमाडौं ल्याएर बिहीबार अदालतमा उपस्थित गराएको थियो। सीआईबीका प्रवक्ता युवराज खड्काका अनुसार नागरिकता, राहदानी र सहकारी ठगीसम्बन्धी आरोपमा प्रारम्भिक अनुसन्धान अघि बढाउन पहिलो पटक अदालतबाट म्याद लिइएको हो।

अनुसन्धानका क्रममा भण्डारीको नाममा कास्की र बर्दियाबाट दुई फरक नागरिकता र राहदानी लिएको प्रमाण फेला परेको छ। यो विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीका बचतकर्ताहरूको करिब १४ करोड रुपैयाँ अपचलन गरी भण्डारी लामो समयदेखि फरार रहेका थिए। उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस समेत जारी गरिएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार १४४ जना बचतकर्ता र सञ्चालकहरू मिलाएर उक्त रकम अपचलन गरिएको आशंका छ। भण्डारीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङमार्फत सहकारीको रकम निकालेको र ती रकमहरू क्रिप्टोमार्फत विदेश पठाएको आशंका प्रहरीको छ।

बर्दिया बाँसगढी गाउँपालिका–७ स्थायी घर भएका ४२ वर्षीय भण्डारीलाई हाल थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ। प्रहरीले ठगी प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र बनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...