News Portal

काठमाडौंमा रिबर्मा खोलाको पानी वितरण सुरु, मेलम्ची आयोजनाको पुनरागमन

२५२ पटक

काठमाडौं, असार ४ – राजधानीवासीका लागि खानेपानी आपूर्तिमा राहत दिने उद्देश्यले मेलम्ची आयोजनाबाट रिबर्मा खोलाको पानी ल्याएर काठमाडौंमा वितरण सुरु गरिएको छ। सिन्धुपाल्चोकको मेलम्चीस्थित रिबर्मा खोलाबाट दैनिक आठ करोड लिटर पानी सुरुङमार्ग हुँदै काठमाडौं भित्र्याएर वितरण थालिएको हो।

मेलम्ची आयोजनाको नियमित आपूर्ति सुनिश्चित गर्न अस्थायी रुपमा रिबर्मा खोलामा निर्माण गरिएको विशेष ट्याङ्कीको सोमबार सफल परीक्षण गरिएको थियो। खानेपानी मन्त्री प्रदीप यादवको नेतृत्वमा प्राविधिक टोली मेलम्ची पुगेर परीक्षण कार्य सम्पन्न गरेको हो। परीक्षण सफल भएपछि सोही रातिबाट पानी पथान्तरण सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले जानकारी दिए।

‘रिबर्मा खोलाबाट पानी ल्याएर मेलम्ची सुरुङमार्ग हुँदै काठमाडौं भित्र्याइ वितरण सुरु भएको छ,’ कार्यकारी निर्देशक लामिछानेले बताए, ‘हेडवर्क्स निर्माण नहुँदासम्म अस्थायी रूपमा रिबर्मा खोलाको पानी मिसाएर उपत्यकावासीलाई आपूर्ति गर्ने योजना अघि सारेका छौं।’

गत वर्षको अध्ययनअनुसार रिबर्मा खोलाको पानीमा कुनै ठूलो समस्या नदेखिएको बताउँदै उनले परीक्षणपश्चात नै नियमित आपूर्ति सुरु गरिएको जनाए। अहिले मेलम्ची आयोजनाबाट दैनिक करिब २० करोड लिटर पानी काठमाडौं आइरहेको छ। वर्षातको समयमा रिबर्मा खोलाबाट पाँचदेखि सात करोड लिटर र बागमतीबाट पनि पाँचदेखि सात करोड लिटर पानी थप ल्याउने तयारी गरिएको छ।

रिबर्मा खोलाबाट ल्याइएको पानी राजधानीका विभिन्न खानेपानी ट्याङ्कीमार्फत वितरण गरिनेछ। लामो समयदेखि मेलम्ची आयोजनामा देखिएको अवरोध र प्राविधिक समस्यापछि सुरु भएको यो प्रयासलाई मेलम्ची आयोजनाको पुनरागमनको रूपमा लिइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...