News Portal

काठमाडौंमा रिबर्मा खोलाको पानी वितरण सुरु, मेलम्ची आयोजनाको पुनरागमन

३३१ पटक

काठमाडौं, असार ४ – राजधानीवासीका लागि खानेपानी आपूर्तिमा राहत दिने उद्देश्यले मेलम्ची आयोजनाबाट रिबर्मा खोलाको पानी ल्याएर काठमाडौंमा वितरण सुरु गरिएको छ। सिन्धुपाल्चोकको मेलम्चीस्थित रिबर्मा खोलाबाट दैनिक आठ करोड लिटर पानी सुरुङमार्ग हुँदै काठमाडौं भित्र्याएर वितरण थालिएको हो।

मेलम्ची आयोजनाको नियमित आपूर्ति सुनिश्चित गर्न अस्थायी रुपमा रिबर्मा खोलामा निर्माण गरिएको विशेष ट्याङ्कीको सोमबार सफल परीक्षण गरिएको थियो। खानेपानी मन्त्री प्रदीप यादवको नेतृत्वमा प्राविधिक टोली मेलम्ची पुगेर परीक्षण कार्य सम्पन्न गरेको हो। परीक्षण सफल भएपछि सोही रातिबाट पानी पथान्तरण सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले जानकारी दिए।

‘रिबर्मा खोलाबाट पानी ल्याएर मेलम्ची सुरुङमार्ग हुँदै काठमाडौं भित्र्याइ वितरण सुरु भएको छ,’ कार्यकारी निर्देशक लामिछानेले बताए, ‘हेडवर्क्स निर्माण नहुँदासम्म अस्थायी रूपमा रिबर्मा खोलाको पानी मिसाएर उपत्यकावासीलाई आपूर्ति गर्ने योजना अघि सारेका छौं।’

गत वर्षको अध्ययनअनुसार रिबर्मा खोलाको पानीमा कुनै ठूलो समस्या नदेखिएको बताउँदै उनले परीक्षणपश्चात नै नियमित आपूर्ति सुरु गरिएको जनाए। अहिले मेलम्ची आयोजनाबाट दैनिक करिब २० करोड लिटर पानी काठमाडौं आइरहेको छ। वर्षातको समयमा रिबर्मा खोलाबाट पाँचदेखि सात करोड लिटर र बागमतीबाट पनि पाँचदेखि सात करोड लिटर पानी थप ल्याउने तयारी गरिएको छ।

रिबर्मा खोलाबाट ल्याइएको पानी राजधानीका विभिन्न खानेपानी ट्याङ्कीमार्फत वितरण गरिनेछ। लामो समयदेखि मेलम्ची आयोजनामा देखिएको अवरोध र प्राविधिक समस्यापछि सुरु भएको यो प्रयासलाई मेलम्ची आयोजनाको पुनरागमनको रूपमा लिइएको छ।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...