News Portal

नेपालमा फेरि कोरोना संक्रमण देखिन थाल्यो, सीमा नाकाबाट जोखिम बढ्दै

३३४ पटक

काठमाडौं, असार ५ – नेपालमा कोरोना भाइरस संक्रमण पुनः देखिन थालेको छ। पछिल्लो समय मौसम परिवर्तनसँगै रुघाखोकी र ज्वरोजस्ता लक्षणका बिरामी बढिरहेका छन् भने कोरोनाको संक्रमण पनि फाट्टफुट देखिन थालेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाका अनुसार विशेष गरेर नेपाल–भारत सीमामा कोरोनाको संक्रमण देखिएको छ। कञ्चनपुर सीमामा भारतबाट आउने व्यक्तिहरूमा संक्रमण देखिन थालेको उनले जानकारी दिए। उनका अनुसार पुस १७ गतेयता मात्रै १६० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

पछिल्ला सात दिनमा मात्रै ३० जना संक्रमित भेटिएको छ भने पछिल्लो २४ घण्टामा पाँच नयाँ संक्रमित थपिएका छन्। वागमती प्रदेश सबैभन्दा बढी जोखिममा रहेको छ, जहाँ १२९ जना संक्रमित भेटिएका छन्। सुदूरपश्चिम प्रदेशमा १७ जना, मधेश प्रदेशमा पाँच जना र कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा समान रूपमा तीन/तीन जना संक्रमित भेटिएका छन्।

संक्रमण देखिएको स्थानहरूमा परीक्षण तीव्र पारिएको छ। अहिलेसम्म ६४० थान एन्टिजेन परीक्षण किट प्रयोग भइसकेको छ भने थप परीक्षणका लागि खरिद प्रक्रिया अघि बढाइएको महाशाखाले जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार रुघाखोकी र ज्वरोका बिरामी उपचारका लागि अस्पतालमा आउन थालेका छन्। उनले मौसम परिवर्तनका कारण अन्य संक्रमणहरू पनि देखिन थालेको बताए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार भारतमा कोरोना संक्रमण बढेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको हो। उनले कोरोना भाइरस विरुद्ध खोप नलगाएका, दीर्घरोगी र ज्येष्ठ नागरिकहरू अझै पनि जोखिममा रहेको भन्दै सावधानी अपनाउन आग्रह गरे।

नेपाल सरकारले सीमा क्षेत्र र अन्य जोखिमयुक्त स्थानहरूमा परीक्षण र निगरानीलाई कडा बनाउँदै संक्रमण नियन्त्रणमा ध्यान केन्द्रित गरेको छ।

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...